वरिष्ठ छातीरोग विशेषज्ञ डा दासलाई हेमबहादुर मल्ल सम्मान प्रदान | Khabarhub Khabarhub

वरिष्ठ छातीरोग विशेषज्ञ डा दासलाई हेमबहादुर मल्ल सम्मान प्रदान


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले वि.सं २०७५ को हेमबहादुर मल्ल सम्मान वरिष्ठ छातीरोग विशेषज्ञ डा गौरीशङ्करलाल दासलाई प्रदान गरेकी छिन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहमा उनले चिकित्सा र सामाजिक सेवामा गरेको योगदानको कदर गर्दै ९६ वर्षीय डा दासलाई सम्मानपत्रसहित रु दुई लाख राशिको उक्त पुरस्कार प्रदान गरेकी हुन् ।

नेपाल जनप्रशासन सङ्घसँगको समन्वयमा आफ्ना प्रथम महाप्रबन्धक हेमबहादुर मल्लको स्मृतिमा साल्ट ट्रेडिङ कर्पोरेशनले २०५९ सालमा उक्त पुरस्कार स्थापना गरेको हो ।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको गरिमा बढाउनका साथै सामाजिक सेवामा समर्पित रहेर सार्वजनिक सेवा प्रवाहमा गरेको योगदानको कदर गर्दै पूर्व मन्त्री तथा कानून आयोगका अध्यक्ष माधव पौडेलको संयोजकत्वमा गठित समितिले उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

आँखा चिकित्सक डा सन्दुक रुईत, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, नागरिक समाजका अगुवा डा देवेन्द्रराज पाण्डे, नवप्रवर्तनका अभियन्ता महावीर पुन, मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालालगायत यो पुरस्कारबाट सम्मानित भएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ७ : ५६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम