सिक्किम क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच झडप, २० चिनियाँ सैनिक घाइते | Khabarhub Khabarhub

सिक्किम क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच झडप, २० चिनियाँ सैनिक घाइते


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत र चीनका सैनिकबीच सिक्किमको सीमावर्ती क्षेत्रमा झडप भएको छ ।

गत साता नै भएको यो झडपको विवरण भारतीय सञ्चारमाध्यमहरूले सोमबार मात्रै सार्वजनिक गरेका छन् ।

सिक्किमको नाकु ला क्षेत्रमा भएको झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको आजतकले जनाएको छ ।

भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित्र प्रवेश गरेर भूमी हडप्न खोजेपछि धपाइएको भारतीय सेनालाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यहरूले जनाएका छन् ।

भारत र चीनबीच पछिल्लो समय सीमाको विषयमा तनाव चुलिदै गएको छ । यसअघि यसअघि  गत असारमा लद्दाखमा भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए। उक्त झडपमा चीनतर्फ पनि हताहती भएको दाबी गरिए पनि त्यसको विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १२ : ४५ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा