‘बिग बोस’को नाममा ठगीधन्दा | Khabarhub Khabarhub

‘बिग बोस’को नाममा ठगीधन्दा


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– टेलिभिजन रियालिटी शो ‘बिग बोस’का निर्माताहरु यतिबेला तनावमा छन् । खासगरी यो शोको नाममा ठगीधन्दा चलेपछि उनीहरु तनावमा देखिएका हुन् ।

यो शो हिन्दीका अलावा तमिल, तेलुगु, मराठी, कन्नड, मलयालम र बांग्ला भाषामा पनि प्रसारण हुन्छ । यी शोमा फिल्म उद्योगका चर्चित कलाकारहरु होस्ट छन् ।

यहीबीचमा ‘बिग बोस’को नाममा ठगीधन्दा सुरु भएको छ । केही व्यक्तिले ‘बिग बोस जम्मु’ नामबाट एक शो चलाउने सम्पूर्ण तयारी पुरा गरेका छन् । यो बारे थाहा पाएपछि ‘बिग बोस’ निर्माता एण्डोमोल शाइन प्रोडक्सनले पत्रिकामा स्पष्टीकरण पत्रको सूचना नै निकालेको छ ।

‘बिग बोस हाम्रो ट्रेडमार्क हो र हामीलाई केही व्यक्तिले बिग बोस जम्मू नामबाट एक शो शुरु गर्न लागेको खबर आएको छ । यो शो हामीसँग कुनै पनि किसिमले सम्बन्धित छैन । हाम्रो अनुमति बिना नै बिग बोसको नाम प्रयोग गर्नु गैर कानूनी हो । हामी आम मानिसहरुलाई यस्तो शोमा सहभागिता नजनाउन अनुरोध गर्दछौं’, पत्रमा लेखिएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १ : २८ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको