गर्भनिरोधक औषधिले महिलामा मोटोपन बढाउँछ ? बाँझोपन हुन्छ कि हुँदैन ? | Khabarhub Khabarhub

गर्भनिरोधक औषधिले महिलामा मोटोपन बढाउँछ ? बाँझोपन हुन्छ कि हुँदैन ?


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गर्भ निरोधक औषधि असुरक्षित शारीरिक सम्बन्ध राखिसकेपछि बच्चा जन्माउन नचाहँदा महिलाले सेवन गर्दछन् । गर्भवती हुनबाट बच्न प्रयोग गरिने औषधि मध्ये गर्भ निरोधक चक्की निकै प्रचलनमा छ । तर धेरै महिला यो औषधि सेवन गर्न डराउँछन् । गर्भ निरोधक औषधि सेवन गरे मोटोपना, हर्मोनसम्बन्धी समस्या, महिनावारी सम्बन्धी गडबडी जस्ता समस्या आउने धेरैको धारणा छ । तर के साँचो हो त ?

कतिपय महिलामा गर्भ निरोधक औषधिको सेवनले बाँझोपन निम्तिन्छ भन्ने डर हुन्छ । ३० वर्षभन्दा कम उमेरका महिलामा बाँझोपन आउनुमा गर्भ निरोधक औषधिको प्रयोग भन्दा पनि अन्य शारीरिक समस्याले सिर्जित हुन्छ । उमेर बढ्दै जाँदा चाहिँ गर्भधारण गर्न समस्या आउने गर्दछ । यस्तै कतिपयमा गर्भ निरोधक औषधिको प्रयोगले क्यान्सर हुन्छ र भविष्यमा गर्भधारण गर्न समस्या गर्छ भन्ने मानसिकता छ । तर भ्रम मात्र भएको डाक्टर बताउँछन् ।

गर्भ निरोधक औषधि वा अन्य औषधिको सेवनले मोटोपन बढाउने वा नबढाउने भन्नेमा यसमा भएको हर्मोनमा निर्भर हुन्छ । त्यसैले यसको सेवनले शरीरमा तौल बढ्ने वा नबढ्ने भन्दा पनि सेवन पूर्व चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । गर्भनिरोधक औषधिको बारेमा जति भ्रम र यथार्थ भए चिकित्सकसँग सल्लाह लिनु लाभदायक हुन्छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ६ : १५ बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक