जाजरकोटमा अक्सिजन उत्पादन सुरु | Khabarhub Khabarhub

जाजरकोटमा अक्सिजन उत्पादन सुरु


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा जडान गरिएको अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ ।

बुधबार पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेसँगै औपचारिक रूपमा अक्सिजन उत्पादन कार्य सुरु भएको हो ।

एक दिनमा ४० भन्दा बढी अक्सिजन सिलिण्डरमा अक्सिजन भर्न सकिने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले बताए ।

कम्तीमा १० वर्षसम्म यो प्लान्टद्वारा अक्सिजन उत्पादन हुने उनले जानकारी दिए । ८० लाखमा खरिद गरिएको उक्त प्लान्टले छिमेकी जिल्लालाई समेत राहत पुग्ने छ ।

विभिन्न समयमा समस्याले गाँजिएको जाजरकोटमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा भारी सुधारका संकेतसमेत देखिएका छन् । ५० सैय्याको जिल्ला अस्पतालका नयाँ संरचना निर्माणसमेत जारी रहेको छ ।

झण्डै ३२ करोडमा नयाँ अत्याधुनिक भवन निर्माण कार्य जारी रहेको छ । भवन निर्माण कार्य ७० प्रतिशत पुरा भएको छ । कर्णाली प्रदेशका सुर्खेत र जाजरकोटमा मात्र ५० सैय्याको अस्पताल रहेको छ । कर्णाली प्रदेश सरकारको मातहतमा स्वास्थ्य सेवा कार्यालय भए पनि संघीय बजेटमा यो प्लान्ट खरिदका काम भएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ८ : ११ बजे

आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै

दमौली– तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको

प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिँदै

प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिँदै

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले मागे विश्वासको मत

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजी र अवरोधबीच प्रधानमन्त्री पुष्पकमल

संसद्‍मा रोकिएन कांग्रेसको अवरोध र नाराबाजी (तस्बिरहरू)

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार पनि प्रतिनिधि सभाको बैठकमा

किसानलाई उन्नत बीउमा अनुदान

चितवन– भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा