‘कांग्रेसको अबको बाटो पुस्तक विमोचन | Khabarhub Khabarhub

‘कांग्रेसको अबको बाटो पुस्तक विमोचन


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस नेतृ डा. डिला संग्रौलाद्वारा लिखित कांग्रेसको अबको बाटो नामक पुस्तकको विमोचन गरेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त पुस्तकको विमोचन गरे। सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त किताबको माध्यमबाट नेपाली कांग्रेसलाई आगामी दिनमा कुन बाटोबाट अगाडि बढ्ने भन्ने कुरामा मद्दत पग्ने विश्वास व्यक्त गर्दै किताबमा उल्लेखित राम्रा पक्षहरुलाई कांग्रेसमा लागू गर्न पहल गर्ने बताए ।

प्रधानमन्त्री देउवाले लेखक संग्रौलाले महिला हक हितका लागि सदैव आवाज उठाएकाले कांग्रेसको लोकप्रिय नेतृ बन्न सफल भएको भन्दै लेखक संग्रौलाको प्रशंसा समेत गरेका थिए ।

लेखक संग्रौलाले राष्ट्रियता, प्रजातन्त्र र लोकतन्त्रको मुल मर्ममा टेकेर कांग्रेसभित्रका कमी कमजोरीलाई केलाउदै कांग्रेसलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने विषयमा पार्टी पंक्तिभित्र तथा बाहिर व्यापक बहस सिर्जना गर्ने उद्देश्यले उक्त पुस्तक लेखेको बताइन् । संग्रौलाले आउँदै गरेको १४ औँ महाधिवेशनमा उक्त पुस्तकलाई एजेण्डा बनाएर लैजाने लक्ष्य लिएको जानकारी दिइन् ।

पुस्तकमा कांग्रेसको संक्षिप्त परिचय, कांग्रेसको संद्धान्तिक स्पष्टता, कांग्रेसको अबको बाटो, जनताले चाहेको अबको कांग्रेस र १४ औँ महाधिवेशनको एजेण्डाहरु लगायत आठ उपशिर्षकमा पुस्तक बाँडिएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  २ : ०५ बजे

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति