दाँत रोगीले के गर्ने ? के नगर्ने ? | Khabarhub Khabarhub

दाँत रोगीले के गर्ने ? के नगर्ने ?


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाँतमा कीरा लागेर प्वाल बढ्दै नशासम्म पुगेपछि दाँत दुखेको हामी अनुभव गर्दछौँ । जसको कारणले जिगासमेत दुख्ने र सुन्निने हुन्छ । दाँत र गिजा दुख्यो भने रोगीहरु रुने, कराउने र छटपटाउने गर्दछन् । दाँत दुख्दा विशेषगरी गाला सुन्निने, कानवरिपरि र टाउकोको पूरै भागसमेत दुख्छ र ज्वरोसमेत आउँछ ।

खान र गर्न नहुने कुराहरु :

चिसो आइसक्रिम, दही, चिसो फलफूल, चिसो पानी, गुलिया खानेकुराहरु, मिश्री, चिनी, मिठाइहरु खानु हुँदैन । दाँतले चपाउने कडा खानेकुराहरु सुख्खा फलफूलहरुमा : मूला, फर्सी, तामा, आलु, पिँडालु, अमिलो, पीरो आदि खानुहुँदैन ।

खान र गर्न हुने कुराहरु :     

दाँत दुखेको बेला चपाउनु नपर्ने तरल खानेकुराहरुमा जस्तै : पातलो जाउलो वा सादा सुप मात्र खाने, दिनको ४/५ पटक तातो पानी पिउने, नून पानीले मुख पटक पटक कुल्ला गरिराख्ने, दुखाइका कारण बढी गाला सुन्निएको छ भने बरफले सेक्ने गर्नुपर्छ ।

दाँत दुखेको बेला नून, ल्वाङ र तोरीको तेल मिसाई दाँत माझ्ने, दाँत बढी दुखेमा सानो टुक्रा कपासलाई रक्सीमा भिजाई दुखेको दाँतले च्याप्ने । बीचबीचमा फिटकिरी र नूनपानी पकाई कुल्ला गर्दा पनि दाँतको दुखाइ कम हुन्छ ।

साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ५ : ४५ बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

नारायण अर्याल काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको