सशस्त्र प्रहरी बलका ११ डीआईजीको सरुवा | Khabarhub Khabarhub

सशस्त्र प्रहरी बलका ११ डीआईजीको सरुवा


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) काज सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय अनुसार काज सरुवा गरेको हो ।

डीआईजी मन्दीप श्रेष्ठ महानिरीक्षकको सचिवलायमा सरुवा भएका छन् भने हाल केन्द्रीय प्रवक्ता रहेका डीआईजी राजु अर्याल मानव संसाधन श्रोत विभागमा सरुवा भएका छन् ।

यस्तै नारायणदत्त पौडेलको सशस्त्र प्रहरी बल को प्रमुख कार्यालय मानव श्रोत विभाग, चन्द्र प्रकाश गौतमको सीमा सुरक्षा विभाग, वंशीराज दाहालको ९ पशुपतिनाथ बाहिनी, मुख्‍यालय काठमाडौंमा सुरुवा भएको छ ।

डीआईजी किशोर प्रधानको नेपाल न‌ं ३ गढीमाइ बाहिनी मुख्‍यालय मकवानपुर, कमल गिरीको नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी, गणेशबहादुर ठाडा मगरको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्‍यालय महोत्तरी सरुवा भएकाे छ ।

यस्तै कुल बहादुर नेम्वाङको नेपाल नम्बर ५ बिन्ध्यबासिनी मुख्‍यालय रुपन्देही, दुर्गाप्रसाद भट्टराईको नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्‍यालय कैलाली र शम्भु सुवेदीको नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्‍यालय कास्कीमा सरुवा भएको सशस्त्र प्रहरी बल प्रवक्ता डीआईजी राजु अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १२ : ०७ बजे

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो

‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं– ज्यान सम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुर सम्बन्धी

संसदीय छानबिन समिति बनाउन प्रतिपक्षी दल एकजुट

काठमाडौं– प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा

अटिजम केयर सोसाइटीकी अध्यक्ष डा सुनिता इन्सार अवार्डबाट सम्मानित

काठमाडौं –अटिजम केयर नेपाल सोसाइटीको अध्यक्ष डा. सुनिता मलेकु अमात्य