काठमाडौँको बौद्धमा मनाइयो रोपाई जात्रा « Khabarhub

काठमाडौँको बौद्धमा मनाइयो रोपाई जात्रा


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बौद्धमा मंगलबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न भएको छ ।

हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाई जात्रा गर्ने गरिन्छ । प्रताप मल्लको पालाबाट बनाइदै आएको रोपाई जात्रालाई आफूहरुले निरन्तरता दिँदै आएको स्थानीयहरुको भनाइ छ ।

झाँकी सहितको जात्रामा बौद्ध परिसरबाट रोपाई सुरु गरेर बौद्ध परिक्रमासंगै बौद्ध पिपलबोटदेखी टुसालसम्म पुगेको थियो । बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गर्दछन् ।

किसानलाई फुर्सद भएकाले रोपाइँ जात्रामा कामको थकान मेटिने मनोरञ्जन हुने व्यङ्ग्य गर्ने, राजा, रानीको रुपजस्तो श्रीपेच लगाएर घोडा चढेर आउने झाँकीले त्यसबेला राजा देखि प्रजासम्मले रोपाइँ जात्रा मनाइने गरिन्छ ।

विशेषतः तामाङ, तामाङ, शेर्पा, गुरुङ, नेवार र अन्य जातिहरु समेत यसमा सहभागी हुन्छन् । धा बाजा, लाखे नाच, मकुन्डोको प्रयोग आदिले रोपाई जात्रा तान्त्रिक, धार्मिक, सांस्कृतिक महतवको जात्रा बनेको संस्कृतिविद्हरुको भनाइ छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १० : ५९ बजे

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत