युरोपेली नेताहरूमा २०१५ को शरणार्थी समस्या दोहरिने भय  « Khabarhub
Logo
९ माघ २०७८, आइतबार

युरोपेली नेताहरूमा २०१५ को शरणार्थी समस्या दोहरिने भय 



अफगानिस्तानको पतन भइरहँदा युरोपेली युनियन (ईयू) का नेताहरू २०१५ मा सिरियाको आप्रवासी संकट दोहरिन सक्ने कुराको चिन्तामा थिए ।

सोमबार बर्लिनमा भएको पत्रकार सम्मेलनमा एन्जेला मार्केलका सम्भाव्य उत्तराधिकारी आर्मिन लास्केटले जोड दिए, ‘हामीले आवश्यक पर्दा जर्मनीलाई जसले पनि लिन सक्छ भन्ने यो सन्देश दिनु हुँदैन । हाम्रो ध्यान २०१५ मा भन्दा फरक किसिमले मानवीय सहयोगमा हुनुपर्छ ।’

यद्यपि फ्रान्सेली राष्ट्रपति एमानुएल मार्कोनले अहिले अप्ठेरोमा रहेका अधिकारवादी, पत्रकार, कलाकार र अभियानकर्तालाई ध्यान दिनु पर्ने युरोपको कर्तव्य भएकोमा सचेत गराउँदै आफ्नो कुरा प्रष्ट पारेका छन् । उनले पत्रकार सम्मेलनमा भने, ‘अहिले आफ्नै अवस्थाको परिणाम युरोपले सामना गर्न सक्दैन । अनियन्त्रित बसाइँ सराइको ठूलो बहाव थेग्न सक्दैनौँ, हामीले आफूलाई त्यसबाट बचाउन पर्छ ।’

तिनीहरूको चिन्ताले युरोपेली युनियन र यसका सदस्य राष्ट्रहरूले अनियन्त्रित बसाइँ सराइ कम गर्न वर्षौंसम्म अपनाएको कठिन कट्टरपन्थी मापन अस्पष्ट राखेको छ । यसले २०१५ को पुनरावृत्ति अस्वीकार गरेको छ, जहाँ १२ लाख शरणर्थीले शरणार्थीले युरोपमा शरण खोजेका थिए । यो संख्या युरोपको कुल जनसंख्याको ० दशमलव १६ प्रतिशत हो । राजनीतिक विद्रोहको आवाजको आधारमा धम्की दिइएको भन्दै ती व्यक्तिहरू युरोपेली युनियनको शरणमा गएका थिए ।

अहिलेको अवस्था धेरै फरक छ । २०१६ मा ‘ईयू–टर्की बसाइँ सराइ सम्झौता’ कार्यान्वयन भएपछि मनग्य रूपमा प्रतिबन्ध लागेसँगै युरोपमा पहिलो पटक शरणार्थी हुन आवेदन दिनको संख्यामा कमी आएर २०१९ मा ६ लाख ३१ हजार ३०० भएको थियो, जुन चार वर्ष अघिको भन्दा आधा हो । ईयूका सीमा र तटमा सुरक्षा संयन्त्र पनि कडा पारियो ।

शरणर्थी व्यवस्थापनमा शुरूमा ईयूकै अर्थतन्त्रको योगदानको थियो । उनीहरूका लागि अलग्गै संयन्त्र थिएन, न त खोजी र उद्धार कार्य सञ्चालन गर्ने क्षमता नै थियो । अहिले यसले जहाज र सवारी साधनमा प्रहरी राखेको छ र तेस्रो पक्षको देशसँग वार्ता गर्दै छ ।

अफगानिस्तानको घटना अकल्पनीय हो । त्यहाँ धेरै व्यक्ति देश निकाला हुन सक्ने सम्भावना छ । यो अवस्था ईयू नेताले भनेजस्तै बढी समस्याग्रस्त रहनेछ । यो अवस्था धेरै हदसम्म तालिवान सत्तामा निर्भर रहनेछ ।

शरणार्थीका लागि उजागर भएका र अग्र मोर्चामा रहेका मध्यका थुप्रै देशहरूले बसाइ सराइको कठोर नीति लिएका छन् । उदाहरणका लागि ग्रीसले २०२० मा आक्रामक हुँदै आप्रवासीलाई फर्काएर आइगेन मरुभूमिमा उनीहरूलाई प्रवेश गर्न बाट रोक लगायो, शरणार्थीको प्रवेश बन्द छ । विगतको शरणार्थी संकटभन्दा फरक, युरोपेली युनियन कट्टरपन्थी र खुला ढोकाको वकालत गर्नेको बिचमा विभाजित छैन ।

धेरै ईयू सदस्यहरूले ब्लकमै या कुनै खास देशको कूटनीतिक मिसनमा काम गरेका सीमित संख्यामा अफगानहरूलाई मात्र स्वागत गर्ने छन् । यसै गरी, तालिवानबाट सताइने उच्च जोखिममा रहेका महिला, बालिका, तेस्रो लिङ्गी, कलाकार, पत्रकार र अधिकारकर्मी यसमा परेका छन् । २०१५ मा मार्केल र स्वीडेनको दृष्टिकोण फिर्ता हुने छैन, जुन खुला ढोकाको रूपमा आलोचित भयो ।

यसबाहेक अफगानी शरणार्थीका लागि युरोपको ट्रान्जिटका रूपमा रहेका इरान र टर्की पार गर्न नै कठिन हुनेछ । २०२० को अन्त्यमा इरानले अफगानिस्तानलाई लक्षित गर्दै नयाँ नियमावली पारित गरेको छ जसले कागजपत्र नपुगी बसाइँ सराइ गर्नेहरू २५ वर्षसम्मका लागि जेल चलान हुन सक्छन् । आगामी कैयौँ साता लाखौँको संख्यामा अफगानहरू इरान पार गरेको देखिनछन् ।

टर्कीमा बढ्दै गएको शरणार्थी विरोधी मानसिकताले राष्ट्रपति रेसेप तैयब एर्दोगानलाई कठोर अडान लिन दबाब दिनेछ । ‘इन्टेरियर मिनिस्ट्रिज डाइरेक्टोरेट जनरल माइग्रेसन मेनेजमेन्ट’ का अनुसार २०१९ मा टर्कीले अनधिकृत रूपले बसाइँ सराइ आएका ४ लाख ५५ हजारलाई हिरासतमा राखेको थियो र एदोर्गानका लागि समय खराब रहेकै अवस्थामा थप शरणार्थी आउन सक्ने सम्भावना छ ।

उनको सरकार अनियन्त्रित डढेलो, बाढी र खराब अर्थतन्त्रका कारण दबाबमा छ । जुलाईमा शहरमा गरिएको सर्वेक्षणअनुसार ६७ प्रतिशत मानि अफगानी शरणार्थीका लागि सीमा खुला गर्ने कुराको विरुद्धमा थिए । यीमध्येका आधा एर्दोगानकै जस्टिस एन्ड डेभ्लपमेन्ट पार्टी (एकेपी) कै मतदाता थिए ।

यी नै कारणहरूले अङ्कराले कसैले पार गर्न नसक्ने गरी खाल्डो खनेर, काँडे तार लगाएर र गस्ती बलियो बनाएर इरानसँगको सीमा जोडिएका टर्कीको ५०० किलोमिटरमा पर्खाल लगाउने लक्ष्य राखेको छ ।

यसकारण, २०१५ मा अङ्कराले देश छाडेका सिरियालीका लागि ओपन आर्म नीति अङ्गीकार गरेभन्दा फरक अहिले टर्की र ईयू दुवै थप बसाइँ सराइ रोक्न कटिबद्ध भएर जोडिएका छन् । यसले त्यो समयमा पछि परेको कूटनीतिक, सुरक्षा र आर्थिक समन्वय सक्षम बनाउने छ ।

ब्रसेल्स र ईयू राजधानीले अनियन्त्रित बसाइँ सराइमा रोक लगाउन सहयोग गर्ने शुरूवाती संकेत दिएका छन् । टर्कीको नेतृत्वमा यसका साझेदारहरूले अफगान शरणार्थीहरूलाई त्यसै क्षेत्रमा राख्ने प्रयास गरेका छन् ।

शरणार्थीका लागि सीमा पार गर्न सहयोग गरेर प्राथमिक रूपमा पाकिस्तान, इरान वा अन्य कुनै मध्य एसियाली देशमै व्यवस्थापन होस् भन्ने चाहना उनीहरूको छ । ब्रसेल्सले शरणर्थीका लागि राष्ट्र संघीय उच्च आयोग (युएनएचसीआर) को नेतृत्वमा अमेरिका र अन्य पश्चिमा सहयोगीसहित अन्तर्राष्ट्रिय प्रतिक्रिया मार्फत प्रेरणा खोजिरहेको छ ।

अफगानिस्तानको घटना अकल्पनीय हो । त्यहाँ धेरै व्यक्ति देश निकाला हुन सक्ने सम्भावना छ, जुन ईयू नेताले भनेजस्तै बढी समस्याग्रस्त रहनेछ । यो धेरै हदसम्म तालिवान सत्तामा निर्भर रहनेछ । तर, अफगान शरणार्थीको दबाबले ईयू र यसका सदस्य राष्ट्रका लागि व्यवस्थित रूपले चुनौती दिने सम्भावना कम छ ।

उनीहरू रहेको ठाउँमा सुरक्षा पहिचान गर्न असमर्थ ईयू नेताहरू यसको साटो आफ्नै घरको राजनीतिक विचारबाट सञ्चालित भए । चाहे त्यो जर्मनी र फ्रान्सको। निर्वाचन होस् या जनतालाई रोक्ने प्रयासमा होस् जो महामारीको समयमा तल्लो तहमै गएर प्राप्त गर्ने कुरामा असफल रहे ।

(मुजतबा रहमान युरोपका लागि युरेसिया ग्रुपका प्रबन्ध निर्देशक हुन् । द गार्डिअनमा २० अगस्टमा प्रकाशित उनको यो लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।)

 


भर्खर

0