युथ फोर्थ र अखिल फोर्स तत्काल खारेज गर्न भट्टराईको माग | Khabarhub Khabarhub

युथ फोर्थ र अखिल फोर्स तत्काल खारेज गर्न भट्टराईको माग


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले)का नेता योगेश भट्टराईले युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न माग गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहले युथ फोर्स र अनेरास्ववियु व्यूँताएपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत ती संगठन व्यूँताएकोमा औचित्यमाथि प्रश्न गरेका छन् ।

‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ’,भट्टराईले प्रश्न गरेका छन् ।

पार्टीभित्र यसरी भिन्नभिन्न संगठन निर्माण गरेर समाजमा आतंकको आभास दिएको र युवालाई अराजनीतिकरण तथा अपराधीकरण गर्न उद्दत गरिएको नेता भट्टराईको टिप्पणी छ ।

उनले यस्ता समूहहरु तत्काल खारेज गर्न अध्यक्ष ओली र नेता माधव नेपाललाई आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  २ : ०५ बजे

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ

काठमाडौं– एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ

भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार

भोजपुर– गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय