विपन्नलाई स्थानीय युवाले बनाइदिए घर | Khabarhub Khabarhub

विपन्नलाई स्थानीय युवाले बनाइदिए घर


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– २५ बर्षको उमेरमा तीन छोरीकी आमा बनेपछि पति समेत गुमाएर कष्टकर जीवन बिताइरहेकी झापा कमल ५ टुकुरे गाउँकी संगीता राईलाई स्थानीय युवाले घर बनाई दिएका छन् ।

उनका लागि स्थानीय युवाले जस्ता पाता र काठले बनेको नयाँ घर बनाई दिन थालेका हुन् । उनका पति पुष्प राईको एक वर्ष अघि रतुवा खोलामा डुबेर मृत्यु भएको थियो । उनी गरिबीका कारण घाम पानी छिर्ने जीर्ण घरमा तीन नाबालक सन्तानसहित बस्दै आएकी थिइन ।

स्थानीय नेता हुकुमसिंह राईको नेतृत्वमा संगीताको सुरक्षित बसोेबासका लागि घर निर्माण थालेको र सो घर ५० प्रतिशत सकेका बताइएको छ ।


असहाय तथा विपन्न नागरिकहरुका लागि सरकारले विभिन्न किसिमका सुरक्षित आवासका कार्यक्रमहरु ल्याए पनि संगीताले घर पाउन सकेकी थिइनन ।

संगीताको कतै पहुँच नहुँदा करिब ६/७ वर्षअघिदेखि उनको परिवार त्यहाँ छरछिमेक र सहयोगी दाताहरुको भरमा गुजारा चलाउँदै आएको उनकी छिमेकी स्थानीय शान्ता चेम्जोङ (देवान)ले बताइन ।

उनका लागि अन्य सामान्य सरसहयोग गर्नेहरु आए पनि सुरक्षित घरको अभावमा दाताहरुले दिएको सहयोगसमेत आफनो घरमा लगेर थन्क्याउनु पर्ने अवस्था रहेकोले कम्तीमा घाम पानी नपस्ने सुरक्षित घरको आवश्यकता खडकिएको शान्ताले बताइन ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ४ : ३० बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्