अवैध सम्बन्ध खुल्ने डरले दुई बालकको हत्या, युवक पक्राउ | Khabarhub Khabarhub

अवैध सम्बन्ध खुल्ने डरले दुई बालकको हत्या, युवक पक्राउ


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- बारामा दुई बालकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छ ।

दुई जना बालकको हत्या आरोपमा फरमुल्लाह अन्सारीलाई बारा प्रहरीले पक्राउ गरेको हो ।

अवैध सम्बन्ध खुल्ने डरले कलैया उपमहानगरपालिका रंगपुरमा जेठ ३ गते राति अब्दुल गफार अन्सारीका ९ वर्षीय छोरा अमान अन्सरी र  सात वर्षीय उसमान अन्सारीको घाँटी रेटेर हत्या भएको थियो ।

प्रहरीले अभियुक्तको घरबाट चक्कु र रगत लागेको पेटी बरामद गरेको छ । उनीविरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान सुरु गरेको बाराका प्रहरी नायव उपरीक्षक (डीएसपी) गौतम मिश्रले बताए ।

हराएको भोलिपल्ट कलैया उपमहानरपालिका ११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधीन भवनको कोठामा शव फेला परेको थियो । बालकहरूको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको पाइएपछि तालिमप्राप्त कुकुरसहितको विशेषज्ञ प्रहरी टोलीले घटनास्थलमा परिचालन गरि अभियुक्त पत्ता लगाएको हो ।

प्रहरीका अनुसार अब्दुल गफार अन्सारीको श्रीमतीसंग फरमुल्लाहको अवैध सम्बन्ध रहेको थियो । मृत्क बालकको बुवा अब्दुल गफार विगत ३ वर्षदेखि वैदेशिक रोजगारीमा छन् ।

केही समय यता अभियुक्त र मृतक बालकको आमाबीच प्रेम सम्बन्ध बनेको थियो । आफ्नी आमा र अभियुक्तबीचको सम्बन्धको विषयमा बालकलाई थाहा पाएपछि उनीहरुको हत्या भएको खुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अभियुक्त फरमुल्लाहले पनि मृतक बालकको आमाबीचको सम्बन्धको विषयमा भेद खोल्ने डरले हत्या गरेको बयान दिएका छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ८ : ३० बजे

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा