हलेसी दर्शन गरी फर्केको बस दुर्घटना हुँदा एकजनाको मृत्यु | Khabarhub Khabarhub

हलेसी दर्शन गरी फर्केको बस दुर्घटना हुँदा एकजनाको मृत्यु


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खोटाङको हलेसी महादेवको दर्शनपछि फर्केको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान करिब ११ बजे खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१ कदुवास्थित मध्यपहाडी लोकमार्गमा हलेसी दर्शन गरी सप्तरी फर्केको बस दुर्घटना हुँदा एक जनाको भएको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

३९ जना यात्रु बोकेको बस दुर्घटना हुँदा १६ जना अन्य तीर्थालु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा बसका सहचालक सिन्धुली घ्याङलेक गाँउपालिकाका २५ वर्षीय अनिल तामाङको घटनास्थलमानै मृत्यु भएको हो ।

प्रहरीका अनुसार सडकमा बस दुर्घटना हुँदा दिउँसो करिब सवा २ बजेमात्र सडक खुला गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : ४५ बजे

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा– मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका