सोमबार भगवान शिवको पूजा गर्दा मिल्छ यस्तो लाभ (मन्त्रसहित) « Khabarhub

सोमबार भगवान शिवको पूजा गर्दा मिल्छ यस्तो लाभ (मन्त्रसहित)


१० जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमवारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ ।

मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ । पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तहरुसंग चाडै  प्रसन्न हुन्छन् ।

सोमवारको दिन राखिने ब्रतलाइ सोमेश्वर व्रतको नामले जानिन्छ। यसको आफ्नो धार्मिक महत्व हुन्छ। यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ।

संहारका पनि देवताः

जहां एक तर्फ भगवान शिवलाइ भोले नाथ भनिन्छ र संसारको रक्षक भनिन्छ । त्यही उनलाई संहारको देवता पनि मानिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुइटैका लागि विख्यात छन् । अन्य देवहरु भन्दा शिवलाइ भिन्न मानिएको छ ।

सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिव नै हुन् । त्रिदेवमा भगवान शिव संहारको देवता मानिएको छ । शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन् । उनको काल र महाकाल स्‍वरूप नै ज्योतिषशास्त्रको आधार हो । शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ , तर उनले हमेशा लय एवं प्रलय दुइटै लाइ आफ्नो अधीनमा राखेका छन् ।

शिवको नामहरुको प्रभावः

सोमवारको दिन शिव जी को पूजा गर्दा उनको निम्‍नलिखित नामहरुको स्‍मरण गर्दा सांसारिक कष्‍ट र मानसिक तनाव बाट मुक्‍ति मिल्छ । यि नामहरु यस प्रकार छन।

ऊं अघोराय नमः

ऊं शर्वाय नमः

ऊं विरूपाक्षाय नमः

ऊं विश्वरूपिणे नमः

ऊं त्र्यम्बकाय नमः

ऊं कपर्दिने नमः

ऊं भैरवाय नमः

ऊं शूलपाणये नमः

ऊं ईशानाय नमः

ऊं महेश्वराय नमः

शिव पूजा बिधिः

सोमवार शिव पूजनका लागि प्रातः स्नान आदि नित्य कर्म बाट निवृत्त भएर पवित्र हुनुहोस् । त्यसपश्चात घरको मंदिर या कुनै शिव मन्दिर गएर  भगवान शिवको साथ माता पार्वती र नन्दीलाई गंगाजल या पवित्र जल अर्पित गरौँ । जल अर्पित गरे पश्चात शिवलिंगमा चन्दन, चामल, बेलपत्र, सेतो फूल र धतुरो चढाउ । पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घीउ, शक्करको भोग लगाउ र धूप, दीपले आरती गरौँ।

मन्त्र

ऊं नमः शिवाय ,

नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः

ऊंनमो नीलकण्ठाय

ऊं पार्वतीपतये नमः

ऊं पशुपतये नमः

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ५ : २५ बजे

अन्तर्राष्ट्रिय कलको पल्स अवधि ६० सेकेन्ड कायम

 काठमाडौँ – नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवा प्रयोग

पाकिस्तान ‘ए’ विरुद्ध अभिषेश गाैतमको डेब्यु

काठमाडाैँ – नेपाली क्रिकेट टोलीका बलर अभिषेश गौतमले ‘लिस्ट ए’

१५ अंक बढ्यो नेप्से, कारोबार ५ अर्ब ५५ करोड पुग्यो

काठमाडौँ – बैंकिङ समूहमा देखिएको उच्च वृद्धिको प्रभावले मंगलबार सेयर

नेपालमा कतारी लगानी भित्र्याउन सभामुख अर्यालको आग्रह

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल

हसिनाको स्वदेश फिर्ती अस्वीकार पक्राउ गर्ने सरकारको चेतावनी

ढाका– बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा