विश्वकै सबैभन्दा महंगो ‘रोयल गोल्ड बिर्यानी’, एक प्लेटकै मूल्य २० हजार | Khabarhub Khabarhub

विश्वकै सबैभन्दा महंगो ‘रोयल गोल्ड बिर्यानी’, एक प्लेटकै मूल्य २० हजार


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संयुक्त राज्य इमिरेट्स युएईको दुबईमा एक रेष्टुरेन्टले ग्राहकका लागि विशेष किसिमको बिर्यानी ल्याएको छ । बाम्बे बरो नामको उक्त रेष्टुरेन्टले रोयल गोल्ड बिर्यानी ल्याएको हो ।

यो बिर्यानी यस कारण पनि विशेष छ कि एक प्लेट बिर्यानीको मूल्य करिब २० हजार रुपैयाँ पर्छ ।

उक्त रेष्टुरेन्टले यो बिर्यानीलाई दुबईकै सबैभन्दा विशेष भनेको छ ।

किन यति महंगो ?

बाम्बे बरो रेष्टुरेन्टले रोयल गोल्ड बिर्यानीमा २३ क्यारेट खाद्य सुनको प्रयोग भएको दावी गरेको छ । खाद्य सुन अर्थात खान योग्य सुनको वर्कले बिर्यानीलाई आकर्षक बनाउने छ ।

अडर गर्नु अघि बिर्यानीको चामल छान्न पाइने

बिर्यानीमा कुन किसिमको चामल प्रयोग गर्न तपाईं चाहनु हुन्छ रु रेष्टुरेन्टले यसको चयन गर्ने अवसर तपाईंलाई दिएको छ । चामलको किसिम तपाईंले चयन गरेपछि मात्रै बिर्यानी तयार गरिन्छ ।

गोल्ड लिफ कबाबसँगै थुप्रै किसिमका परिकार

तपाईंको प्लेटमा बिर्यानीका साथै अन्य थुप्रै किसिमका परिकार पनि उपलब्ध हुनेछन् । कश्मीर ल्याम्ब, दिल्ली चप्स, राजपूत चिकेन कबाब, मुगलई कोफ्ता र मलाई चिकेन रोस्ट तपाईंले प्राप्त गर्न सक्नु हुनेछ ।

प्लेटमा मात्रै ३ किलो चामल हुनेछ

रेष्टुरेन्टका अनुसार बिर्यानीमा चामलको तौल मात्रै ३ किलो हुनेछ । यसलाई एक्लैले खाना मुस्किल पर्नेछ । बिर्यानीको अडर पनि तपाईंले कम्तिमा ४५ मिनेट अगाडि नै गर्नु पर्नेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १ : ५५ बजे

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार

भयावह बन्दै आगलागी : ५० जिल्लाका वन प्रभावित

गण्डकी– वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन

लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज