ब्राजिलमा फाइजरको खोप सर्वसाधारणका लागि खुला | Khabarhub Khabarhub

ब्राजिलमा फाइजरको खोप सर्वसाधारणका लागि खुला


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी (ब्रासिलिया)- ब्राजिलको स्वास्थ्यसम्बन्धी नियमनकारी निकायले फाइजर–बायोएनटेकद्वारा विकसित तथा उत्पादित कोभिड–१९ विरूद्धको खोप सर्वसाधारणका लागि राष्ट्रव्यापीरूपमा प्रयोग गर्न अनुमति दिएको छ ।

कोभिड–१९ को महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावितमध्ये एक दक्षिण अमेरिकी यस मुलुकमा खोपका माध्यमबाट महामारी नियन्त्रणको अभियानलाई सशक्त पार्ने योजनासहित खोपको देशव्यापी प्रयोगका लागि अनुमति प्रदान गरिएको हो ।

एनभिसा नामक स्वास्थ्य निकायका निर्देशकले भने, ‘खोपको अनुगमनकारी संस्थाहरूको १७ दिनको समीक्षापछि एनफाइजरद्वारा विकसित कोभिड–१९ विरूद्धको खोप सर्वसाधारणका लागि खुला गरिएको छ । अब यो पक्के पनि आपतकालीन प्रयोगका लागि मात्र हुने छैन ।’

खोप प्रयोग गर्न अनुमति दिइएपनि उक्त खोप अहिले ब्राजिलमा उपलब्ध भने छैन । ब्राजिलले अहिलेसम्म चीनमा विकास भएका कोरोना भ्याक र बेलायती अस्ट्राजेनेकालाई भने व्यापक प्रयोगमा ल्याइसकेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ६ : १५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार