मुलुकभर पश्चिमी वायुको सामान्य प्रभाव, उच्च पहाडी भू-भागमा हिमपातको पूर्वानुमान | Khabarhub Khabarhub

मुलुकभर पश्चिमी वायुको सामान्य प्रभाव, उच्च पहाडी भू-भागमा हिमपातको पूर्वानुमान


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-   मुलुकभर आज पनि पश्चिमी वायुको सामान्य प्रभाव परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।

आज दिउँसो र राति सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ का उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले जारी गरेको तीनको मौसम पूर्वानुमान वुलेटिनमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ ११ गते (आईतबार)

दिउँसो :  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को  उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को  उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

माघ १२ गते (सोमबार)

दिउँसो :  देशका प्रदेश न. १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को  उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति : देशका देशका प्रदेश न. १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूगहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को  उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

माघ १३ गते (मंगलबार)

दिउँसो :  देशका प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का हिमापातको सम्भावना रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशका प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ७ : २५ बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित