पुनःनिर्माणपछि रानीपोखरी काठमाडौँ महानगरलाई हस्तान्तरण (भिडियो) | Khabarhub Khabarhub

पुनःनिर्माणपछि रानीपोखरी काठमाडौँ महानगरलाई हस्तान्तरण (भिडियो)


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७२ को भूकम्पले क्षति पुगेको ऐतिहासिक रानीपोखरी र पोखरीको बिचभागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणपछि औपचारिक रुपमा काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

बिहीबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशिल ज्ञवालीले काठमाडाँै महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्यलाई रानीपोखरी हस्तान्तरण गरे । कार्यक्रममा ज्ञवालीले ऐतिहासिक रानीपोखरीमा पानी राख्न निकै समस्या भएपछि बिभिन्न प्रविधिका साथ पानी अड्याउने कार्य सफलताका साथ सम्पन्न गरेको बताए।

उनले पुरात्वात्कि ढंगले रानीपोखरी र बाल गोपालेश्वरलाई पुनर्निर्माण गरिएको उल्लेख गरेो । नेपालको सम्पदाको पुननिर्माणको प्रतिकको रुपमा रानीपोखरी निर्माण गरिएको जानकारी दिए । उनले महामगरको नासो पुनर्निर्माणपछि महानगरलाई नै हस्तान्तरण गरिएको बताए।

कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख शाक्यले रानीपोखरी पुनर्निर्माणमा केही बिवाद भए पनि अहिले निकै उत्कृष्ट ढंगले पुनर्निर्माण गरिएको बताए। उनले ऐतिहासिक सम्पदाको उचित हेरचाह र जगेर्ना गर्न महानगर प्रतिवद्ध रहेको उल्लेख गरे।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ७ : ०० बजे

चितवनमा अब पङ्खा चल्छ : रेणु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विद्युत पूर्वाधार संरचना

जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव  

काठमाडौं– जसपा अशोक राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव

देवनगर सबस्टेशन आजदेखि सञ्चालन

काठमाडौं– चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते 

मकवानपुर– जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०