न्यायालय संकटको निकास दिन प्रधानमन्त्री देउवालाई महान्यायाधिवक्ता खातीको आग्रह (भिडियो) | Khabarhub Khabarhub

न्यायालय संकटको निकास दिन प्रधानमन्त्री देउवालाई महान्यायाधिवक्ता खातीको आग्रह (भिडियो)


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महान्यायाधिवक्ता खम्बहादुर खातीले न्यायालयमा देखिएको संकट समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खातीले न्यायालयमा लामो समयदेखि संकट देखिएको भन्दै छिटो निकास दिनुपर्ने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बार एसोसिएसनले आन्दोलन गरिरहेको छ भने सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणालाई भूमिकाविहीन बनाएका छन् । सोही विषयमा कार्यक्रममा उपस्थित प्रधानमन्त्री देउवासँग महान्यायाधिवक्ता खातीले निकास दिन आग्रह गरेका हुन् । उनले संसदबाट भए संसदबाट नभए जहाँबाट हुन्छ त्यहिँबाट निकास दिनुपर्ने उल्लेख गरे । उनले सर्वदलीय सहमति गरेर भए पनि न्यायालयको संकटमा निकास दिनुपर्ने बताए ।

प्रधानन्यायाधीश राणालाई विहीबारको कार्यक्रममा आमन्त्रण नगरेर महान्यायाधिवक्ताको कार्यालयले उनलाई ‘बहिस्कार’ गरेको छ । राणा सहभागी भए अरु धेरै अतिथिहरु सहभागी नहुने स्थिति देखिएपछि उनलाई नबोलाइएको महान्यायाधिवक्ताको कार्यलयका एक अधिकारीले बताए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले देशमा विधिको शासयन कायम गर्न र मानवअधिका संरक्षण गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण रहेको बताए।

सरकारी वकिलले विधिको शासनलाई संरक्षण सम्वर्द्वनको काम गरेको बताएका उनले देशको शासन प्रभावकारी, विनापूर्वाग्राही सञ्चालनमा पनि सरकारी वकिलको योदान महत्वपूर्ण रहने बताए ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ५ : १३ बजे

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु