चार महिनापछि बस्यो पोखराको कार्यपालिका बैठक, तर कांग्रेसले गरेन हस्ताक्षर | Khabarhub Khabarhub

चार महिनापछि बस्यो पोखराको कार्यपालिका बैठक, तर कांग्रेसले गरेन हस्ताक्षर


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नगर प्रमुख मानबहादुर जिसीलाई मष्तिष्क घात भएपछि रोकिएको पोखरा महानगरपालिकाको कार्यपालिका बैठक चार महिनापछि बसेको छ । जिसीलाई १ साउनमा मष्तिष्कघात भएको थियो ।

उपचारपछि पोखरा फर्किएका जिसीले दुईसाता अघि उपमेयर मन्जुदेवी गुरुङलाई कार्यवाहक मेयरको जिम्मेवारी दिए । त्यसपछि बसेको बैठकमा कांग्रेसले भने असहमति जनाएको छ ।

बैठकमा सहभागी भए पनि कांग्रेसतर्फका वडाध्यक्षहरुले उपस्थितिमा हस्ताक्षर गरेनन् । बैठकका एजेण्डा समयमै उपलब्ध नगराएको र छलफलमा उठेका विषयलाई छोडेर आफूखुसी निर्णय लेखिएको भन्दै हस्ताक्षर नगरेको हो । यसअघि धेरै पटक बैठकले दिएको सुझाव भन्दा अन्यत्रैबाट निर्णय लेखिने गरेको कांग्रेस सचेतक रामराज लामिछानेले बताए ।

‘एजेण्डामा हामीले सुझाव दिन्छौं । कार्यपालिका सदस्यहरुको सुझावको सुनुवाइ हुँदैन । महानगरले एकलौटी रुपमा निर्णय लेखेर हाम्रो हस्ताक्षर दुरुपयोग भयो,’ उनले भने, ‘अब निर्णय पुस्तिकामा लेखिएको निर्णय हेरेर मात्रै हस्ताक्षर गर्ने भनेका छौं । हामीले भने अनुसारको सुझाव लिखित रुपमा नआए हस्ताक्षर गर्दैनौं ।’ आफूहरुले विश्वास गरेर हस्ताक्षर गरे पनि त्यसको दुरुपयोग गरेको उनको आरोप छ ।

उनीहरुले महानगरले बैठकअघि समयमा एजेण्डा पनि नदिएको आरोप लगाएका छन् । ‘एजेण्डा बैठकको अघिल्लो दिन मात्रै आउँछ । अध्ययन र आन्तरिक रुपमा छलफल गर्ने समय पनि हुँदैन,’ अर्का वडाध्यक्ष शंकर बास्तोलाले भने, ‘समयमा एजेण्डा नपाए बैठकमा गएर के बोल्ने ? के सुझाव दिने ?’, बैठककै समयमा पनि कांग्रेस तर्फका ११ वडाध्यक्षहरुले विरोध जनाएका थिए ।

बैठकले ल्याण्डफिल साइट सार्नेदेखि उपचाररत मेयर जिसीको उपचारमा सहयोग गर्ने निर्णय गरेको छ । जिसीको उपचारमा थप २० लाख उपलब्ध गराउने निर्णय भएको नगरका प्रवक्ता धनबहादुर नेपालीले बताए । यसअघि पनि १० लाख निकासा दिइसकिएको छ । न्यूज कारखाना

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ४ : ४६ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्