लिम्बुवानको दस्तावेज संग्रहलाई मदन पुरस्कार | Khabarhub Khabarhub

लिम्बुवानको दस्तावेज संग्रहलाई मदन पुरस्कार


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मदन पुरस्कार गुठीको बिहीबारको साधारण सभाले भगिराज इङनामको पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह सम्बत १७१९–२०२०’लाई मदन पुरस्कार दिने निर्णय गरेको छ ।

बैठकले नेपाली इतिहासका प्राथमिक सामाग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेकाले भगिराजको पुस्तकलाई ‘मदन पुरस्कार २०७७’ प्रदान गरिने निर्णय गरेको गुठीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानमार्फत नृत्य क्षेत्रको उन्नयनमा समर्पित भैरबबहादुर थापालाई २०७७ सालको ‘जगदम्बा श्री’ प्रदान गर्ने निर्णय गरेको छ ।

‘मदन पुरस्कार’का लागि यो वर्ष भगिराजको पुस्तकसहित गिरि श्रीस मगरको ‘एकलब्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प–ग्रन्थ’, भैरबबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फूलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ प्रतिष्पर्धी थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ५ : ३२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र