सवारी चालकलाई सम्मान | Khabarhub Khabarhub

सवारी चालकलाई सम्मान


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले आज सात सार्वजनिक यातायातका चालकलाई सम्मान गरेको छ ।

लामो समयदेखि यहाँ यात्रुबाहक बस चलाउँदै आएका अग्रज चालकले ट्राफिक नियम पालन गरेका, दुर्घटना नगराएका र यात्रुलाई सम्मानजनक व्यवहार गर्ने गरेकाले सवारी चालक अनुशिक्षण तथा अन्तक्रियामा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख पुरुषोत्तम कँडेलले सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा महाकाली यातायात प्रालिका नवराज जोशी, पवनदूत यातायात कम्पनीका कर्णबहादुर थापामगर, सुनौलो महाकाली यातायात समितिका सुरेन्द्र बोहरा र पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिका रमेशबहादुर सिंह छन् । त्यसैगरी नमस्ते शुक्लाफाँटा यातायात प्रालिका गणेश सिंह खत्री, सिद्ध बैजनाथ यातायात प्रालिका जानकी लुहार र कञ्चनपुर अटो यातायातका मदननाथलाई पनि सम्मान गरिएको थियो ।

प्रहरी नायब महानिरीक्षक कँडेलले ट्राफिक नियम पालन गरेर दुर्घटना न्यूनीकरणमा सबैको ध्यान जानुपर्नेमा जोड दिँदै चाडपर्वका बेला दुर्घटना बढी हुने भएकाले प्रदेशभर ट्राफिक नियम र सचेतनासम्बन्धी कार्यमा प्रहरी सक्रिय रहने छ बताए ।

‘सवारी दुर्घटना नगराई, सावधानीपूर्वक सवारी साधन चलाउने र ट्राफिक नियम पालन गर्नेलाई हामीले सम्मान पनि गर्छौ भन्ने सन्देश पनि हो,’ कञ्चनपुर ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले भने, ‘ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न पनि छोडिन्न ।’

गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएका थिए । ती घटनामा जरिवानाबापत ८० लाख रुपैयाँ सङ्कलन भएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  २ : ५८ बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानून सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

हेटौँडा– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

रविमाथि छानबिन नभए बजेट अधिवेशन चल्दैन : रमेश लेखक

काठमाडौं- फागुन २१ गते अचानक माओवादी–कांग्रेस गठबन्धन सरकार फेरिएपछि नेपाली

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार