जोरपाटी–सुन्दरीजल सडकखण्डको हरिबिजोग ! | Khabarhub Khabarhub

जोरपाटी–सुन्दरीजल सडकखण्डको हरिबिजोग !

आयोजना भन्छ : चैत्रसम्म सडक चिटिक्क हुन्छ



काठमाडौँ – राजधानीका अधिकांश सडकहरु खाल्डाखुल्डीले भरिएका छन् । वर्षा लाग्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने सडकको नियती नै बनेको छ ।

पैदल यात्री र राजधानीवासीले सरकारसँग धुलो र हिलो नियन्त्रणका लागि माग गरेको वर्षौं बित्यो तर न धुलो हट्यो, न हिलो ।

जोरपाटी—सुन्दरीजल सडकखण्ड देशको केन्द्रीय राजधानीको सडक हो भन्दा लाज लाग्ने अवस्थामा छ । कालोपत्रे थोरै, खाल्डाखुल्डी धेरै भएको सडक हो यो ।

जोरपाटी–सुन्दरीजल खण्डको सडक सात किलोमिटर कालोपत्रे गर्नुपर्ने कार्य सुरु भएको ६ वर्ष भयो ।

काठमाडौ सडक विस्तार आयोजनाद्वारा निर्माण गरिने उक्त सडक आयोजना समयमै निर्माण नहुँदा स्थानियवासीले सास्ती बेहोर्नु परेको छ ।
पानी परे हिलाम्मे, घाम लागे धुलाम्मे, यो सडकको कारणले स्थानीयको स्वास्थ्य अवस्था र दैनिक जनजीवनमा गम्भीर प्रभाव पारेको स्थानीयवासीको गुनासो छ ।

अहिले पानी परेको बेला सवारीसाधन चिप्लिएर दुर्घटना हुने जोखिम उत्तिकै छ । जताततै खाल्डाखुल्डीमा जमेको पानीले पैदल यात्रुलाई सडक पार गर्न मुस्किल छ ।

विगतमा विविध प्राविधिक कारणले सडक निर्माण ढिलाइ भए पनि पछिल्लो समय निर्माण कम्पनी, विद्युत प्राधिकरण र स्थानीय सरकारका कारणले यस्तो भएको स्थानीयहरु बताउँछन् ।

आयोजनाले २२ मिटरको सडक विस्तार गर्न थालेपछि स्थानीयले मुआब्जा र क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका थिए । उनीहरुले सर्वोच्चमा मुद्दासमेत हालेका थिए । त्यसपछि सर्वोच्चले स्थानीयलाई क्षतिपूर्ति नदिएर आयोजना अगाडि नबढाउन आदेश गरेको थियो । तर सम्बन्धित पक्षले क्षतिपूर्ति नदिएपछि आयोजना थप प्रभावित भयो ।

गोकर्णेश्वर नगरपालिकाको समन्वयमा सडक १४ मिटरमा विस्तार गर्ने, स्थानीयका कुनै पनि भौतिक संरचनाहरु नभत्काउने जस्ता सहमति भएपछि निर्माण कम्पनीले काम सुरु गरेको थियो । तर वर्षा, निषेधाज्ञा अनेक कारण देखाउँदै हालसम्म पनि काम पुरा गरेको छैन ।

नगरपालिका र सडक संर्घष समितिले सहमति गरे पनि कामको गति भने अपेक्षा अनुसार अगाडि बढेको छैन ।

करिब ८५ करोडको लागतमा बन्न लागेको उक्त सडक आयोजना समयमै सम्पन्न हुन सकेन । स्थानीय प्रल्हाद भण्डारीका अनुसार निर्माण कम्पनीको सम्झौता सकिए पनि पटक पटक थप भएको छ ।

‘अहिले सडक अस्तब्यस्त छ, ढलको उचित व्यवस्थापन छैन, पानी छताछुल्ल छ यसमा सम्बन्धित पक्ष संवेदनशील हुनुपर्छ’, भण्डारी भन्छन् ।
ठेक्का पाएको निर्माण कम्पनी आशिष सीएम जेभी कम्पनीका एक प्रतिनिधिले लफडाका कारण आफूहरुले एक वर्ष मात्रै काम गर्न पाएको बताए ।

अहिले पनि काम गर्न चुनौति छ, विद्युत प्राधिकरण र दुरसञ्चारले पोलहरु हटाउन ढिला गरेपछि काममा अवरोध भएको छ । तर पनि काम भइरहेको कम्पनीको दावी छ ।

‘अहिले वर्षातको कारणले कालोपत्रे नगरिएको हो, अब पानी रोकिने बित्तिकै हामी कामलाई गति दिने छौ’, कम्पनीका एक प्रतिनिधिले भने ।

चैत्रसम्म सबै काम सकिन्छ : सडक विस्तार आयोजना

७ किलोमिटर कालोपत्रे गर्नुुपर्ने उक्त सडकमा हालसम्म ३ हजार २ सय मिटर सडक कालोपत्रे भएको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

आयोनाका प्रमुख गुरु प्रसाद अधिकारीकाअनुसार घर भत्काउने, जग्गा लिने सबै काम लगभग भएको छ ।

यसअघि मन्त्रिपरिषदको निणर्यले जति उपलब्ध जग्गा छ त्यति कालोपत्रे गर्नु भनेकाले अब मनसुन निष्क्रिय हुनासाथ काम अघि बढ्ने अधिकारीले बताए । ठेकेदारको अन्तिम म्याद चैत्रसम्म रहेको छ ।

‘वर्षा रोकिनासाथ कालोपत्रेको काम सुरु हुन्छ’ उनले खबरहबसँग भने, ‘चैत्तसम्म रंगरोगन, ढल निकास र पर्खाल लगाउने लगायतको काम सकिन्छ ।’

आर्थिक वर्ष २०७१–०७२ बाट सडक विस्तारको काम सुरु भएको आयोजनामा हालसम्म ३० करोड रकम खर्च भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १ : २९ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा