राष्ट्रपति भण्डारी र नेता नेपालबीच शीतल निवासमा १ घण्टा छलफल | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी र नेता नेपालबीच शीतल निवासमा १ घण्टा छलफल


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (समाजवादी)का सांयोजक माधवकुमार नेपालबीच सोमबार शीतल निवासमा छलफल भएको छ । सोमबार राष्ट्रपति भण्डारी र नेता नेपालबीच सोमबार एक घण्टा छलफल भएको स्रोतले जनायो ।

स्रोतका अनुसार १२ बजेर ५ मिनेटमा शीतल निवास पुगेका थिए भने एक बजे बाहिरिएका थिए । यो भेटबारे शीतल निवासले केही खुलाएको छैन । एमाले विभाजन गर्दै नेता नेपालले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनमाथि मंगलबार सनाखत हुँदैछ ।

मंगलबार सनाखत हुनुअघि शीतल निवासमा भएको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । एमालेको विभाजन भन्दै एमाले नेताहरु बेला बेलामा शीतल निवास पुगिरहन्छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ५ : २९ बजे

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल