कांग्रेस क्रियाशील सदस्यता 'विवाद समाधानको प्रतिवेदन' देउवालाई बुझाउने तयारी | Khabarhub Khabarhub

कांग्रेस क्रियाशील सदस्यता ‘विवाद समाधानको प्रतिवेदन’ देउवालाई बुझाउने तयारी


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानमा लागेका नेताहरुले आज सभापति शेरबहादुर देउबालाई प्रतिबेदन बुझाउने तयारी भएको छ ।

आइतबार नै प्रतिबेदन बुझाउने भनिए पनि केही विषयमा फेरि विवाद देखिएपछि अन्तिम समय प्रतिवेदन बुझाइएको थिएन ।   लगभग विवाद सबै मिलेकाले आज साँझसम्म सभापति देउबालाई प्रतिवेदन बुझाउने नेता रमेश लेखकले जानकारी दिए ।

क्रियाशील सदस्यता विवाद समाधानका लागि लेखकसहित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य मिनेन्द्र रिजाल खटिएका थिए ।

भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी लिएका उनीहरूले आइतबार बेलुकी मात्रै विवाद टुंग्याएको जनाएका छन् ।

बारा, सप्तरीलगायत छ जिल्लासहित एक सय वडामा रहेको  क्रियाशील सदस्यताका विवाद सहमति टुंग्याइएको नेता रमेश लेखकले जानकारी दिए । क्रियाशील सदस्यता विवादकै कारण पटक/पटक सारिएको कांग्रेसको महाधिवेशन मंसिर ९-१३ गतेसम्म गर्ने तय भएको छ ।

 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १० : २५ बजे

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने