सुगर नियन्त्रण गर्ने ७ उपाय | Khabarhub Khabarhub

सुगर नियन्त्रण गर्ने ७ उपाय


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले खानपान र जीवनशैलीमा ध्यान नपुर्याउने मानिसमा मधुमेहको जोखिम बढ्दो छ । मीठो, मसिनो खाने र शारिरीक परिश्रम नगर्ने र बढि आराम गर्ने मानिसमा मधुमेहको जोखिम हुने गर्दछ । यसले जुनै उमेर, बर्गको मानिसलाई गाँज्न सक्छ ।

मधुमेह हुनुमा खानपान र जीवनशैली जिम्मेवार हुन्छ । अस्वस्थ्यकर खानपान र जीवनशैली नै मधुमेह रोग लाग्ने संभावनाका कारक हुन् । यस्तोमा मधुमेह वा ब्लड सुगर लेभललाई कसरी नियन्त्रण गर्ने त ?

१. नियमित बिहान र साँझ १५ मिनेट हिँड्ने गरेमा ब्लड सुगर लेभल नियन्त्रण हुन्छ । त्यसैले मधुमेह रोगीको लागि हिँडडुल गर्नु राम्रो व्यायम हो ।

२. मधुमेह रोगीले दैनिक साढे दुई लिटर पानी पिउनु पर्दछ । यसले मधुमेहको स्तर नियन्त्रण गर्न सघाउ पु¥याउँछ ।

३. मधेमेहका बिरामीले पालुंगो, करेला, लौका जस्ता तरकारी खानु उपयोगी हुन्छ । यसमा कम क्यालोरी हुनका साथै भिटामिन सि, म्यागनेसियम धेरै हुन्छ ।

४. ब्लड सुगर स्तर नियन्त्रण राख्न मेथीको सेवन उपयोगी हुन्छ । एक चम्चा मेथीको चुर्ण तातो दुधमा मिलाएर दिनहुँ पिएमा यसले ब्लड सुगर स्तर नियन्त्रण गर्दछ ।

५. ताजा फलमा भिटामिन ए र सी हुन्छ, जसले रगत र हड्डी स्वस्थ्य राख्छ । यसका साथै जिंक, पोटासियम, आयरन, फाइबर पनि हुने भएकाले ब्लड सुगर लेभल नियन्त्रण गर्छ ।

६. नियमित खानामा जौको प्रयोग गर्दा पनि ब्लड सुगरको स्तर नियन्त्रण हुन्छ । जौमा फाइबरको मात्रा अधिक हुन्छ । यसले ग्लुकोजको स्टरलाई मेटाबोलाइज गर्न मद्दत गर्छ ।

७. शरीरमा भिटामिन डीको कमीले इन्सुलिनको मात्रा बढ्छ । यसैले सहि मात्रामा भिटामिन डि लिनुपर्छ, जसले ब्लड सुगरको लेभल कम गर्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १० : ४९ बजे

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो