‘तारक मेहता’का घनश्यामलाई क्यान्सर | Khabarhub Khabarhub

‘तारक मेहता’का घनश्यामलाई क्यान्सर


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– भारतीय टेलिभिजनमा ‘तारक मेहताका उल्टा चश्मा’ लाई सर्वाधिक हेरिने टेलिभिजन शो मानिन्छ । यो शो घर–घरमा लोकप्रिय छ । यो शो लोकप्रिय हुने कारण यसमा रहेका कलाकारको अभिनय नै हो ।

शोमा ‘नट्टु काका’को भूमिकामा अभिनय गर्ने कलाकार घनश्याम नायकको भूमिकालाई दर्शकले उत्तिकै मनपराउछन् । यिनै घनश्यामलाई क्यान्सर भएको छ ।

गत अप्रिलमा मात्र उनले आफूलाई क्यान्सर भएको थाहा पाए । त्यसपछि उनको उपचार सुरु गरियो । उनी आफुलाई क्यान्सर भए पनि काम गर्न छोडेका छैनन् । ७७ वर्षको उमेरमा पनि घनश्याम दर्शकलाई मनोरञ्जन दिइरहेका छन् ।

गत वर्षको सेप्टेम्बरमा घनश्यामको घाँटीको सर्जरी गरिएको थियो । उनको घाँटीबाट आठ गाँठा निकालिएको थियो । सर्जरीपछि उनी लामो समयसम्म सुटिङबाट टाढा रहे । उनका छोराका अनुसार घनश्यामको हाल किमो सेसन चलिरहेको छ ।

‘बुवाको घाटीको पोजिट्रन एमिशन टोमोग्राफी स्क्यानिङ गरिएको थियो । जसकारण उहाँको रोग पत्ता लागेको हो । यद्यपि उहाँलाई गाँठाका कारण कुनै समस्या थिएन । तर उहाँको उपचार सुरु गरिएको थियो । अब आगामी महिना उहाँको पीइटी स्क्यान गरिनेछ । त्यसपछि मात्र घाटीको गिर्खा सकिएको छ या छैन भन्ने थाहा हुन्छ’ उनले भनेका छन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ५ : ५५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड