बालबालिकाहरु स्वास्थ्य उपचारलाई लक्षित गरी मेडिसिटी अस्पतालले थाल्यो पूर्वतयारी | Khabarhub Khabarhub

बालबालिकाहरु स्वास्थ्य उपचारलाई लक्षित गरी मेडिसिटी अस्पतालले थाल्यो पूर्वतयारी


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  कोभिड–१९को तेश्रो भेरियन्ट नेपालमा प्रवेश गर्न सक्ने विषयलाई मध्येनजर गर्दै नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तयार पारेको मापदण्ड र निर्देशनका आधारमा बालबालिकाहरुको सामान्यदेखि सघन उपचारलाई लक्षित गरी नेपाल मेडिसिटी अस्पतालले आफ्नो पूर्वतयारी शुरु गरेको छ ।

नवजात शिशु तथा १८ वर्ष उमेर सम्मका बालबालिकाहरुलाई ध्यानमा राखी अस्पतालले आफ्ना नर्स तथा मेडिकल टोलीलाई विशेष प्रशिक्षणमा सिपिआर पद्धति, आहार बिहार, इन्फेक्सन नियन्त्रण, मनोसामाजिक परामर्श, फिजियोथेरापी तथा पुर्नस्थापना जस्ता विषयलाई प्राथमिकता दिइएको छ ।

दक्ष चिकित्सक तथा मेडिकल टिम, आवश्यक बेड तथा अत्याधुनिक उपकरणहरु, भेन्टिलेटर सहित नवजात तथा बाल सघन उपचार कक्षको व्यवस्था गरी बालबालिकाहरुमा महामारीको अवस्था आए अस्पताल तयारी अवस्थामा अस्पताल प्रशासनको भनाई छ । तेश्रो भेरियन्ट आउनसक्ने पुर्वानुमान भइरहेका बेला आत्तिनुभन्दा यस अवस्थामा बालबालिकाहरुलाई विशेष हेरचाह गर्न, मास्क तथा स्यानिटाइजरको प्रयोगमा प्रोत्साहन गर्न र अनावश्यक रुपमा घरबाहिर ननिस्किन सल्लाह दिएका छन् ।


महामारी बढ्दै गएको अवस्थामा देशमा विभिन्न स्थानबाट आकस्मिक उद्धार आवश्यक परे त्यसका लागि हवाई तथा ग्राउण्ड एम्बुलेन्स सेवाका प्रदान गर्न प्रि हस्पिटल केयर तथा इमर्जेन्सी विभाग तयार रहेको व्यहोरा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राज राणाले गराएका छन् । उनका अनुसार बालबालिकाहरुलाई हेलीकोप्टरबाट उद्धार चाहिने खण्डमा विशेषज्ञ चिकित्सकले नै सो स्थानमा गई आवश्यक उपचार गर्दै नेपाल मेडिसिटी सम्म स्थानान्तरण गराउन सक्नेछन् ।

नेपाल सरकारले कुल बेड संख्याको २० प्रतिशत बेड छुट्याउन भनेपनि नेपाल मेडिसिटी अस्पतालले करिब १०० वटा बेड नवजात शिशिुको सघन उपचार कक्ष, बालबालिकाको सघन उपचार कक्ष ९एक्ष्ऋग्० र सामान्य बेड बालबालिकाहरुकै लागि निर्धारीत गरी त्यसका लागि आवश्यक पर्ने उपकरण, आमा तथा बच्चाका लागि सुरक्षा व्यवस्था, आकस्मिक देखि सघन उपचार र भेन्टिलेटरको व्यवस्था लगायतका तयारी भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १ : ५९ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्