दक्षिणकालीमा भेटियो महिलाको शव हत्या गरेर छाडेको प्रहरीको निष्कर्ष | Khabarhub Khabarhub

दक्षिणकालीमा भेटियो महिलाको शव हत्या गरेर छाडेको प्रहरीको निष्कर्ष


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिणकाली मन्दिरस्थित शौचालयमा भेटिएको महिलाको शव हत्य गरेर छाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङका अनुसार महिलाको हत्या पछि शव शौचालयमा छाडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

एसएसपी खापुङ् भन्छन्, ‘घटनास्थलमा सँगैको रुखको हाँगामा महिलाको मास्क भेटिएको छ । मङ्गलबार अर्धनग्न अवस्थामा फेला परेको शवसँगै उनले लगाएको चप्पल भेटिएको छ । अहिले सम्म शवको पहिचान भएको छैन, तर हत्या पछि शव छाडिएको हाम्रो प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अनुहार चिन्न नसक्ने गरी लागेको चोटका कारण शव पहिचानमा समस्या भएको एसएसपी खापुङले बताए । मंगलबार शौचालयमा महिलाको शव भेटिएको थियो ।

अहिले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । यस सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १० : ३० बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित