नागरिकता सम्बन्धी अध्यादेशमा के छ नयाँ व्यवस्था ? (पूर्णपाठसहित) | Khabarhub Khabarhub

नागरिकता सम्बन्धी अध्यादेशमा के छ नयाँ व्यवस्था ? (पूर्णपाठसहित)


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपाल नागरिकता अध्यादेश जारी गरेको छ ।

संसदमा रहेको नागरिकता विधेयक लामो समयदेखि समितिमा अड्किएपछि सरकारले अध्यादेशमार्फत् नागरिकता वितरण गर्ने गरी बाटो खोलेको हो ।

अध्यादेशमा २०७२ साल असोज ३ गतेअघि जन्मको आधारमा नेपालको नागकिरता पाएकाको सन्तान वालिग भएपछि बंशजको नागरिकता दिने व्यवस्था गरिएको छ । तर त्यस्ता व्यक्तिले आमा र बाबु दुबैको नागरिकता पेश गर्नुपर्नेछ ।

त्यस्तै नेपाली आमाबाट नेपालमै जन्म भएको तर बाबुको पहिचान नभएका व्यक्तिलाई समेत नेपालको बंशजको नागरिकता दिइने व्यवस्था गरिएको छ ।

तर पछि पहिचान हुँदा बाबु विदेशी रहेको देखिए स्वतः अंगीकृत नागरिकतामा रुपान्तरण हुने व्यवस्था समेत अध्यादेशमा समावेश गरिएको छ ।

नेपाली आमाबाट नेपालमै जन्म भएको तर बाबुको पहिचान हुन नसकेको र आमाको होसहवास नभएको र आमाको मृत्यु भइसकेको भए नागरिकता लिने आफैले स्वघोषणा गरेर निवेदन दिनुपर्ने व्यवस्था राखिएको छ ।

बाबुको पहिचान नभएको तर नागकिरता लिएपछि बाबु विदेशी भएको पाइए नेपाली नागरिकता पाएकाहरुले विदेशी नागरिकता नलिएको प्रमाण समेत पेश गर्नुपर्ने व्यवस्था समावेश गरिएको छ ।

यस्तो छ नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ७ : १५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड