पोखरा थन्डर्सलाई हुण्डाइ नेपालको साथ | Khabarhub Khabarhub

पोखरा थन्डर्सलाई हुण्डाइ नेपालको साथ


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल सुपर लिगको प्रथम संस्करणमा रहेको सातमध्येका एक टिम पोखरा थन्डर्सलाई प्लाटिनम स्पोन्सरको रुपमा प्रायोजन गरेको छ ।

नेपाल सुपर लिगको प्रथम संस्करण बैशाख ११ गते देखि जेठ १ गतेसम्म हुन गइरहेको छ । नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो, जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फरम्याट मा खेलिन्छ ।

नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो ।

हुण्डाईले विश्वभरनै खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विश्व कपको साथै विभिन्न लिग प्रतियोगिताहरुमा पनि प्रायोजन गर्दै आइरहेको छ । यसरी नै लक्ष्मी हुण्डाईले पनि नेपालमा खेलकुद विकाशको लागि विभिन्न खेलकुदहरु (फुटबल, गल्फ) मा प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ ।

लक्ष्मी हुण्डाईले बिगतमा नेपालको ‘ए’ डिभिजन टिम पनि १० बर्षसम्म प्रायोजन गरेको थियो ।

हुण्डाई मोटरले इङ्लिस प्रिमियर लिग सिजन २०१८/१९ देखि ४ बर्षसम्मका लागि चेल्सी एफसीलाई प्रायोजन गरेको छ । साथै फिफा प्रतियोगिताहरुमा विगत १० वर्षदेखि अफिसियल प्रायोजक रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ६ : ३१ बजे

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको