साना लगानीमा खुलेका सञ्चारगृहको संरक्षणका लागि जोड | Khabarhub Khabarhub

साना लगानीमा खुलेका सञ्चारगृहको संरक्षणका लागि जोड


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई विमन्स एरा एण्ड मिडिया ग्रुपले आज सम्मान गरेको छ ।

कार्यक्रममा ग्रुपद्वारा महासङ्घका सचिव सिर्जना अर्याल, केन्द्रीय सदस्य शन्तराम बिंडारी, काठमाडौँ शाखाका उपाध्यक्ष अप्सरा गौतम तथा सदस्यत्रय कृष्णराज गौतम, रमेश बोहरा र शोभा अर्याललाई सम्मान गरिएको हो ।

सो अवसरमा सचिव अर्यालले पत्रकारिता क्षेत्रले सत्य, तथ्य सूचना तथा समाचारका माध्यमबाट समाजलाई ज्ञान प्रवाह र सामाजिक रुपान्तरणमा सहयोग पुर्‍याउनुपर्ने बताए । केन्द्रीय सदस्य बिंडारीले साना लगानीमा खुलेका सञ्चारगृहको संरक्षणका लागि जोड दिए ।

काठमाडौँ शाखाका उपाध्यक्ष गौतम, सदस्यत्रय गौतम, बोहरा, अर्याल र शोभा अर्यालले श्रमजीवी पत्रकारका पक्षमा भएका नीतिगत योजना अगाडि बढाउन सकेमा यस क्षेत्रलाई थप व्यावसायिक बनाउन सकिने विचार व्यक्त गरे ।

ग्रुपका अध्यक्ष प्रतिमा राईले जुनसुकै समयमा पनि समाजमा गतिशील हुनुपर्ने सञ्चारकर्मी जोखिममा रहेकामा चिन्ता व्यक्त गर्दै कतिपय सञ्चारगृहले समयमा नै पत्रकारलाई पारिश्रमिक नदिएर शोषण गरिरहेकाले त्यसतर्फ संवेदनशील बन्न महासङ्घलाई आग्रह गरिन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १० : ३० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड