त्रिदेशीय फुटबलमा बंगलादेशको विजयी शुरुवात | Khabarhub Khabarhub

त्रिदेशीय फुटबलमा बंगलादेशको विजयी शुरुवात


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशरथ रंगशालमा आजबाट शुरु भएको त्रिदेशीय फुटबलमा बंगलादेशले विजयी शुरुवात गरेको छ ।

बंगलादेश र कीर्गिस्तानबीच भएको उद्घाटन खेलमा बंगलादेश १ -० गोल अन्तरले विजयी भएको हो । कीर्गिस्तानको खेलाडीले आत्‍मघाती गोल गरेपछि बंगलादेशले अग्रता लिन सफल भएको थियो ।

सोही एक गोल नै निर्णायक बन्यो । ३० औं मिनेटमा बंगलादेशले उपहार गोलमा अग्रता बनाएको थियो । किर्गिस्तानका खेलाडीले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरेका थिए ।

बंगलादेशका मोहमद साद उडिनले गरेको क्रसमा किर्गिस्तानका डिफेन्डर कुमारवज अलु बइमानले आफ्नै पोष्टमा गोल गरेका थिए । त्यसपछि किर्गिस्तानले गोल गर्ने अवसर पाए पनि गोल गर्न सकेन ।

बिहीबार नेपालले किर्गिस्तानको सामना गर्ने छ। एन्फाको आयोजनामा दशरथ रंगशालामा भइरहेको प्रतियोगितामा आयोजक नेपालसहित बङलादेश र किर्गिस्तानको सहभागिता छ।

समूह चरणमा शीर्ष दुईमा पुग्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका तीनवटै खेलसहित फाइनल खेल बेलुकी साढे पाँच बजेबाट खेलाइनेछ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ७ : ३२ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्