४० प्रतिशत पारिश्रमिक बढाउन पर्यटन श्रमिकको माग | Khabarhub Khabarhub

४० प्रतिशत पारिश्रमिक बढाउन पर्यटन श्रमिकको माग


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, कानून नमान्ने पर्यटन कम्पनीलाई कारबाही गर्नुपर्नेलगायत माग गर्दै पर्यटन क्षेत्रका श्रमिक मजदूरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमक्ष ज्ञापन बुझाएका छन् ।

पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्र नेपाल ट्रेकिङ, ट्राभल्स, जलयात्रा, वायुसेवा, संस्कृति, पुरातत्व, कार्गो, कुरियर श्रमिक युनियन (यूनिट्राभ) का श्रमिकहरूको एक प्रतिनिधिमण्डलले संस्कृतिमन्त्री भानुभक्त ढकाललाई १७ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

कोरोना महामारीपछि अस्तव्यस्त पर्यटन क्षेत्रमा श्रमिकको उत्थानलाई जोड दिँदै आज पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए । सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचीकृत गर्नुपर्ने, पर्यटक आफूखुशी पदमार्गमा जाने ‘एफआइटी टिम्स’ बन्द गर्नुपर्नेलगायत माग श्रमिकको छ ।

यूनिट्राभले माउन्टेन गाइडको तलब निर्धारण र स्वदेशी – विदेशी गाइडबीचको विभेद, हेलिकप्टर उद्धारमा हुने विभेद र विमानस्थलमा आउटसोर्सिङ कम्पनीबाट कर्मचारी लिने व्यवस्थाको अन्त्य गर्नुपर्ने माग गरेको छ ।

यूनिट्राभले पर्यटक कुन देशको हो र बीमा रकम कति छ भन्ने आधारमा नभई समय, अवस्था र स्थानलाई ध्यानमा राखी आपत्कालीन अवस्थामा छिटोभन्दा छिटो पर्यटक र श्रमिकलाई हेलिकप्टरबाट उद्धार गर्ने व्यवस्था गर्नुपर्ने माग पनि गरेको छ ।

नेचर गाइड र सफारी श्रमिकका कार्य व्यवस्थित गर्नुपर्ने, कोभिडबाट प्रभावित श्रमिकको जीवन रक्षाका लागि राहत र विनाधितो सहुलियपूर्ण ऋण दिनुपर्ने, महिला पथ प्रदर्शकमाथि हुने विभेद अन्त्य गर्नुपर्ने, पदमार्ग क्षेत्रमा रहेको एकाधिकार अन्त्यलगायत विषय पनि उठाइएको छ ।

पर्यटनमन्त्री ढकालले पर्यटन क्षेत्रको विकासका माग अध्ययन गरी कार्यान्वयन गर्न प्रयास गरिने आश्वासन दिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १० : ०१ बजे

सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको