रुपन्देहीको मर्चवारीमा कर्मचारीद्वारा काम बन्द | Khabarhub Khabarhub

रुपन्देहीको मर्चवारीमा कर्मचारीद्वारा काम बन्द

जनप्रतिनिधिले गालीगलौज र हातपात गरेको आरोप


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रूपन्देहीको मर्चवारी गाउँपालिकामा कर्मचारीले अनिश्चितकालका लागि प्रशासनिक काम ठप्प पारेका छन् । जनप्रतिधिनिले अश्लिल शब्द बोलेर गालीगलौज गरेको र हातपात समेत गरेको आरोप लगाउँदै कर्मचारीले आइतबारदेखि प्रशासनिक ठप्प पारेका हुन् ।

मर्चवारी गाउँपालिकाका कर्मचारीहरूले संयुक्त हस्ताक्षरमा एउटा ‘सूचना’ जारी गरी अनिश्चितकालका लागि कार्यालयका कामकाज ठप्प पारेको जनाएका छन् ।

वडा न.३ का वडा अध्यक्ष नारायणबहादुर यादवले योजनाहरूको कार्यसम्पादन मूल्याङ्कनभन्दा बढी रकम भुक्तानी गर्न दबाब दिँदै गाउँपालिका कार्यालयका सब इन्जिनियर प्रेमसागर पासवानलाई अश्लिल शब्दले गालीगलौज र हातपात गरेको जनाइएको छ ।

कर्मचारीहरूले गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं. ३ का वडाध्यक्ष यादवविरुद्ध रुपन्देही जिल्ला प्रशासन कार्यालमा उजुरी दिएका छन् । विगतमा समेत बारम्बार जनप्रतिनिधिहरूबाट यस्ता गतिविधि भइरहेको कर्मचारीहरूको आरोप छ।

यही चैत ८ गते बसेको कर्मचारीहरुको विशेष बैठकले कार्यालयका काम ठप्प पार्ने निर्णय गरेको हो । वाडाध्यक्ष यादवले घटनाप्रति क्षमा याचना गर्नुपर्ने र भयरहित वातावरण सिर्जना गर्नुपर्ने कर्मचारीहरूको माग छ । माग पूरा नभएसम्म कार्यालयका सबै काम बन्द रहने लेखा अधिकृत लेखा अधिकृत युवराज घिमिरेले जानकारी दिए ।

यता, मर्चवारी गाउँपालिका प्रवक्ता तथा वडा न.३ का वडाध्यक्ष यादवले कर्मचारीहरूको आरोप अस्वीकार गरेका छन् । उनले आफूले गालीगलौज र हातपात नगरेको जिकिर गरेका छन् । योजनाका काम सही तरिकाले मूल्याकङ्न गरी रकम भुक्तानी गर्न आग्रह गर्दा कर्मचारीहरूले आनाकानी गरेपछि आफू झर्किएर बोलेको उनको भनाइ छ ।

कर्मचारीहरूले योजना अनुगमन र मूल्याङ्कन गरी रकम भुक्तानी गर्न अनावश्यकरूपमा ढिलो गर्ने गरेको यादवको आरोप छ । उनले उपभोक्ताले शुरू गरेको बाटो निर्माणको पहिलो चरणको काम सम्पन्न भई मूल्याङ्कन समेत हुँदा पनि रकम भुक्तानी नगरेको आरोप लगाए ।

कर्मचारीले आयोजनाको सम्झौता गर्न पनि अनावश्यक रूपमा बढी समय लगाउने गरेको वडाध्यक्ष यादवको आरोप छ ।

विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालयले मङ्गलबार मर्चवारीका जनप्रतिनिधिहरू र कर्मचारीहरूलाई राखेर छलफल गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १२ : ४२ बजे

ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट 

ढोरपाटन– बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू-भागदेखि

अमेरिकी विश्वविद्यालयहरुमा इजरायलविरोधी प्रदर्शन

काठमाडौं– अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइन समर्थक प्रदर्शनको बीचमा कोलम्बिया विश्वविद्यालयमा तनाव

कपिलवस्तुमा श्रीमान्-श्रीमती मृत फेला

कपिलवस्तु– कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला

आगलागीबाट दुई करोड २६ लाखको क्षति

धुलिखेल– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू गरेको