सर्वोच्चको फैसला संवैधानिक सर्वोच्चताको गतिलो उदाहरण : नेता खनाल | Khabarhub Khabarhub

सर्वोच्चको फैसला संवैधानिक सर्वोच्चताको गतिलो उदाहरण : नेता खनाल


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले सर्वोच्चको निर्णय ऐतिहासिक भएको बताएका छन् । खबरहबसँगको कुराकानीमा नेता खनालले संसद पुनस्र्थापना गर्ने सर्वोच्चको फैसला संवैधानिक सर्वोच्चताको गतिलो उदाहरण भएको बताए ।

उनले केपी ओलीको शत्ता शासनको अन्त्य भएको बताउँदै अब दलहरु मिलेर नयाँ सरकार गठन गर्ने बताए ।

उनले भने, ‘ अब हामीले नयाँ सरकार गठन गर्नुपर्छ । नयाँ सरकारले नयाँ प्रतिबद्धता, नयाँ नीति र कार्यक्रमका साथमा अघि बढ्नुपर्छ । हामी त्यसका लागि सबै राजनीतिक दलसँग कुराकानी गरेर अघि बढ्छौँ ।’

नेपाली कांग्रेस, जनता समाजवादी दललगायतका संसदमा रहेका दलहरुसँग छलफल गरेर अघि बढ्ने नेता खनालले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने, ‘अब जनताको आशा अपेक्षालाई पूरा गर्ने बेला आएको छ । हामी जन अपेक्षा अनुसार काम गर्नेगरी अघि बढ्छौँ ।’

उनले तत्काल नेकपाको सँग एकीकरण हुने सम्भावना नरहे पनि चाँडै पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताए ।

नेता खनालले भने, ‘अहिले एकीकरण हुने म सम्भव देख्दिन, अहिले पनि नेकपा विभाजन भएको छैन । सानो समूह टुक्रिएको हो । अब सबैलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्छ । केपी ओलीले पार्टीलाई चोइट्याउने क्रममा आफ्नो वरपर पार्नुभएको छ । केही साथीहरु भ्रममा हुनुहुन्थ्यो । अब भ्रम मुक्त हुनुभएको छ । ती साथीहरु अब पार्टीमा फर्किएर आउँछन् । जसजसले कमजोरी सच्याउँदै पार्टीमा फर्किएर आउनुहुन्छ । उहाँहरुलाई हामी हार्दिक स्वागत गछौँ र पार्टीलाई एक ढिक्का बनाएर लैजान्छौँ ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : ३५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड