विपन्न बालबालिकालाई ज्याकेट | Khabarhub Khabarhub

विपन्न बालबालिकालाई ज्याकेट


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- बिलिभर्स ईस्टर्न चर्च समुदाय वीरेन्द्रनगर सुर्खेतले ७८ जना बालबालिकालाई ज्याकेट वितरण गरेको छ ।

समुदायअन्तर्गतको ‘होप फर चिल्ड्रेन’ले वीरेन्द्रनगर नगरपालिकाभित्रका बालबालिकालाई न्यानो लुगा वितरण गरेको हो ।

चिसोको समयमा विशेष गरी विपन्न बालबालिका बढी प्रभावित भएकाले उनीहरुलाई न्यानो ज्याकेट र गलबन्दी वितरण गरिएको बिलिभर्स चर्च सुर्खेतका ‘चर्च फादर’ पूर्ण वर्देवाले जानकारी दिए ।

‘हामीले ती बालबालिकालाई आठ वर्षदेखि पठनपाठनमा समेत सहयोग गर्दै आएका छौँ’, वर्देवाले भने, ‘कोरोना महामारीका कारण पठनपाठन सहयोगमा केही अवरोध खडा भए पनि चिसोबाट बच्न मद्दत पुगोस् भनेर कपडा उपलब्ध गराएका छौँ ।’

यता वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतस्थित सिर्जनशील टोल विकास समितिका अध्यक्ष नन्दा श्रेष्ठले चर्चले समाजमा गाह्रोसाह्रो परेका मान्छेलाई सहयोग गर्दै आएको र विपन्न बालबालिकालाई चिसोबाट बच्न न्यानो लुगा वितरण गरेकोप्रति धन्यवाद व्यक्त गरे ।

यसअघि गत पुस २१ गते उक्त समुदायले सुर्खेत चिङ्गाड गाउँपालिका–६ पाम्कास्थित पुँडे भन्ने ठाउँमा पुगेर ४५ घरका राउटे परिवारलाई कम्बल वितरण गरेको थियो ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ११ : १५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम