यी हुन् नेपाली दूतावासबाट प्रदान गरिने सेवा, कुन सेवाको कति शुल्क (विवरणसहित) | Khabarhub Khabarhub

यी हुन् नेपाली दूतावासबाट प्रदान गरिने सेवा, कुन सेवाको कति शुल्क (विवरणसहित)



दोहा- सरकारले विभिन्न मुलुकमा आफ्नो उपस्थितीका लागि कुटनीतिक नियोगहरू स्थापना गरेको छ ।

ती नियोगहरूले आफ्नो उपस्थिती मात्रै हैन त्यहाँ रहने आफ्नो मुलुकका नागरिकलाई सहजीकरण पनि गरिरहेका हुन्छन् । तर, ति नियोगहरूले के कस्तो सेवा दिन्छन् भन्ने कतिपयलाई जानकारी नहुन पनि सक्छ ।

बेलाबेलामा विभिन्न दूतावासहरूले सर्वसाधारणको हितार्थ सूचना जारी गरेर आफूले दिने सेवाहरूबारे पनि जानकारी गराउँदै आएका छन् ।

नेपाली श्रमिकहरुको प्रमुख गन्तव्यमध्येको साउदीस्थित नेपाली दूतावाले पनि दूतावासबाट प्रदान गरिने सेवा तथा सुविधा सम्बन्धि जानकारी गराएको छ ।

दूतावासले राहदानी नवीकरण, कन्सुलर एवं श्रमसम्बन्धी विविध विषयमा जानकारी लिनको लागि सेवाग्राहीले टेलिफोन एवं अन्य माध्यमबाट दूतावासमा सम्पर्क गरेकाले दूतावासबाट प्रदान गरिने सेवा सम्बन्धि सम्पूर्ण जानकारी सार्वजनिक गरेको गरेको जनाएको छ ।

यी हुन् दूतावासबाट दिइने सेवाहरु

१. साधारण राहदानी नवीकरण/पाना सिद्धिएको लागि आवश्यक पर्ने कागजातहरु

राहदानीमा आफ्नो फोटो भएको पृष्ठ र पृष्ठ नं. ३१ को फोटोकपी । नेपाली नागरिकता प्रमाण पत्र (दुवै पृष्ठ एकै पानामा आउने गरी)को फोटोकपी ।

पाना सिद्धिएकाहरुको हकमा बाहेक हाल कायम राहदानीको म्याद ६ महिनाभन्दा कम भएको हनुपर्ने । राहदानी आवेदनका लागि व्यक्ति स्वयम् दूतावासमा उपस्थित हुनुपर्ने । राजश्व दस्तूर २ सय साउदी रियाल लाग्ने जनाएको छ ।

२. राहदानी हराएको,च्यातिएको वा बिग्रेको भएमा

नेपाली नागरिकता प्रमाण पत्र (दुवै पृष्ठ एकै पानामा आउने गरी)को फोटोकपी । पूरानो राहदानीमा आफ्नो फोटो भएको पृष्ठ र पृष्ठ नं. ३१ को फोटोकपी । पुलिस रिपोर्ट र रोजगारदाता (कफिल)को सिफारिसपत्र हुनु पर्नेछ ।

व्यक्ति स्वयम उपस्थित हुनुपर्ने र  राजश्व दस्तूर ४ सय रियाल लाग्ने दूतावासले जनाएको छ ।

३. साउदीमा जन्मिएका नेपाली बच्चाको लागि राहदानी लिन आवश्यक पर्ने कागजातहरु

बच्चाको बाबुआमा दुवैको नेपाली राहदानी, नागरिकता (दुवै पृष्ठ एकै पानामा आउने गरी), र नेपालमा विवाह दर्तानाता प्रमाणित गरेको प्रमाण पत्रको फोटोकपी ।

बच्चाका लागि साउदी अस्पतालबाट जारी Binh Notification Letter, साउदी परराष्ट्र मन्त्रालयबाट प्रमाणित बच्चाको दर्ताको सक्कल प्रमाण पत्र र यसको फोटोकपी ।

राहदानी प्रयोजनार्थ वच्चालाई लिएर अभिभावक स्वयम् उपस्थित हुनु पर्नेछ भने राजश्व दस्तूर १ सय साउदी रियाल लाग्ने जनाएको छ ।

४. नेपाली सवारी चालक अनुमति पत्र (लाइसेन्स)अनुवादको लागि

नेपालको यातायात व्यवस्था विभागको Online License Verification को प्रिन्ट । राहदानीमा आफ्नो फोटो भएको पृष्ठको फोटोकपी । नेपाली लाइसेन्सको सक्कल । साउदी अकामाको फोटोकपी ।

चालक वा सवारी साधनको इन्सुरेन्सको कपि रोजगारदाता कम्पनीको पत्र समेत आवश्यक पर्नेछ ।

साउदी सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को आधारमा नेपाली लाइसेन्स लिनेहरूका लागि

साउदी लाइसेन्स अंग्रेजी अनुवादन गरी Chamber of  र साउदी परराष्ट्र मन्त्रालयको प्रमाणीकरण छाप लागेको सक्कल र कपी ।

साउदी अकामाको कपी तथा साउदी सवारी साधन अनुमतिपत्रको सक्कल र कपी तथा राजश्व दस्तूर १५० रियाल लाग्नेछ ।

५. साउदी अरबमा परिवार ल्याउनु परेमा

नेपाली नागरिकता (दुवै पृष्ठ एकै पानामा आउने गरी), र राहदानीमा आफ्नो फोटो भएको पृष्ठको । नेपालमा विवाह दर्तानाता प्रमाणित प्रमाण पत्रको फोटोकपी, फोटोकपी ।

निवेदकको अकामा र साउदी सरकारद्वारा निवेदकको परिवारलाई उपलब्ध भिषा स्वीकृतिको फोटोकपी । राहदानीमा नेपालस्थित साउदी राजदूतावासद्वारा जारी भिषा स्टिकरको फोटोकपी र  राजश्व दस्तूर ४० रियाल लाग्नेछ ।

६. साउदी परिचय पत्र (अकामा) नभएका वा नबनाइएकाहरूको बहिर्गमन भिषाका लागि

राहदानीमा आफ्नो फोटो भएको पृष्ठको फोटोकपी । साउदी सरकारले जारी गरी म्याद सकिएको ईकामा वा अकामा नबनेकाको हकमा border number को फोटोकपी ।

व्यक्तिगत मोबाइल नम्बर । अकामाको म्याद सकिएको तीन महिना भए पछिमात्र । साउदी अरबमा काम गरेर स्वदेश फर्केका वा साउदीबाट वहिर्गमन भइसकेकाकहरुले साउदी अरबमा रहेको आफ्नो व्यक्तिलाई प्रतिनिधि तोकेर Power of Attorney दिनुपर्नेछ ।

दूतावासले यसरी Power of Attorney दिइएका व्यक्तिको नाम समावेश गरी यहांको सम्बन्धित निकायलाई पत्र लेख्ने छ। उक्त पत्रलाई साउदी विदेश मन्त्रालयको कन्सुरलर कार्यालयबाट प्रमाणीकरण गरेर च्याम्बर गरी सम्बन्धित प्रहरी कार्यालयमा पेश गर्नुपर्नेछ । यसका लागि राजश्च दस्तुर १९० रियाल लाग्नेछ ।

७. निजी कामदारका रूपमा कार्यरतले पुनः साउदी अरब फर्कने कागजातको लागि

राहदानीमा आफ्नो फोटो भएको पृष्ठको फोटोकपी । कामदार र रोजगारदाता (कफिल) दुवैको साउदी ईकामाको फोटोकपी।

कामदार र रोजगारदाताले हस्ताक्षर गरेको रोजगार सम्झौता पत्र र राजश्व दस्तूर १५० रियाल लाग्नेछ ।

कम्पनीमा कार्यरत व्यक्तिहरु पुनः फर्किन वा बिदामामा जांदा दूतावासबाट यो कागजात लिनु नपर्ने ।

८. राहदानी र साउदी अकामामा विवरण फरक परेमा राजदूतावासले दिने सिफारिसका लागि

साउदी अध्यागमन (जवाजात)मा विवरण सच्याउन दूतावासबाट अरबी वा अंग्रेजीमा सिफारिस पत्र जारी गरिन्छ।

पूरानो राहदानी र नागरिकताको फोटोकपी । अकामाको फोटोकपी र राजश्व दस्तूर ४० रियाल लाग्नेछ ।

९. अधिकृत वारेशनामा/बैक ग्यारेण्टी/मञ्जुरीनामाका लागि

अधिकृत वारेशनामा दिने व्यक्तिको नागरिकताको फोटोकपी ।

अधिकृत वारेशनामा लिने व्यक्तिको नागरिकताको फोटोकपी।

सक्कल राहदानी। अकामाको फोटोकपी । अधिकृत वारेशनामा दिने व्यक्तिको हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो लाग्नेछ ।

जगगा बिक्री गर्ने अधिकृत बारेशनामाका लागि सक्कल जम्मा धनी प्रमाणपूज्जा (लालपूजा) । सम्बन्ध बिच्छेद गर्ने अधिकृत वारेशनामाका लागि बिवाह दर्ता प्रमाणपत्रको सक्कल वा फोटोकपी । अन्य सम्पति (जस्तै: मोटरसाइकल) बिक्री गर्ने अधिकृत वारेशनामाका लागि उक्त सम्पतिको स्वामित्वको सक्कल प्रमाणपत्र आवश्यक पर्नेछ ।

राजश्व दस्तुर अधिकृत वारेशनामाको लागि ३७५ रियाल, बैंक ग्यारेण्टीको १९० रियाल तथा मञ्जुरीनामाको लागि १५० रियाल लाग्ने दूतावासले जनाएको छ ।

अधिकृत बारेशनामा बनाउनका लागि माथिका कागजात सहित अधिकृत वारेशनामा दिने व्यक्ति स्वयं राजदूतावासमा अनिवार्य उपस्थित हुनुपर्नेछ ।

अधिकृत वारेशनामाको कागजात दूतावासबाट मात्र प्रमाणित हुने भएकाले दूतावासमा टेलिफोन गरी आफू आउने दिन निश्चित गरेर मात्र आउन  पर्नेछ।

१०. साउदी शैक्षिक संस्थाका कागजातहरू प्रमाणिकरण गर्न

नेपाली नागरिकता प्रमाण पत्र (दुवै पृष्ठ एकै पानामा आउने गरी)को फोटोकपी। राहदानीमा आफ्नो फोटो भएको पृष्ठ को फोटोकपी। सक्कल राहदानी र साउदी परिचय पत्र (अकामा)को फोटोकपी आवश्यक पर्नेछ ।

सम्बन्धित कागजात साउदी परराष्ट्र मन्त्रालयबाट प्रमाणित हुनुपर्ने र राजश्व दस्तूर १५० रियाल लाग्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १० : १५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम