मुलुकभर पश्चिमी वायुको प्रभावले वर्षाको पूर्वानुमान, तराईमा बाक्लो हुस्सु | Khabarhub Khabarhub

मुलुकभर पश्चिमी वायुको प्रभावले वर्षाको पूर्वानुमान, तराईमा बाक्लो हुस्सु


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको असर हटेको दुई सातापछि मुलुकभर फेरि पश्चिमी वायुको प्रभाव परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले  सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ ।

यस्तै तराईका अधिकांश जिल्लाहरूमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ ।

आज र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकाध स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आगामी २४ घण्टा देशको उच्च हिमाली भू-भागका  एकाध  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराईका  केही स्थानहरुमा बिहानीपख  हुस्सु् लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ १० गते (शनिबार)

दिउँसो :  सुदूरपश्चिम, कर्णाली, र गण्डकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश-१ र  बागमती   प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

राति : सुदूरपश्चिम, कर्णाली, र गण्डकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश १ र  बागमती   प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

माघ ११ गते (आइतबार)

दिउँसो :  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र प्रदेश- १ को पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति : देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १२ गते (सोमबार)

दिउँसो :  प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश-१ को पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : २० बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा