२५ लाख क्षतिपूर्ति तिर्न नसक्दा ४ वर्षदेखि नेपाल फर्कन नसकेका दामोदर « Khabarhub

२५ लाख क्षतिपूर्ति तिर्न नसक्दा ४ वर्षदेखि नेपाल फर्कन नसकेका दामोदर



दोहा – प्राय सबै बिदेशिने नेपालीको सपना हुन्छ, धेरै पैसा कमाउने अनि परिवारलाई सुखका साथ पाल्ने। छोराछोरीलाई उचित शिक्षा दिलाउने। प्रवासमा दश नङ्ग्रा खियाउँदा कतिपयको सपना पूरा हुन्छन् पनि।

तर, कतिपयको सपना बिचैमा भताभुङ्ग हुन्छन्। वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका बुटवल नगरपालिका-११ का दामोदरको सपना त्यसरी भताभुङ्ग भएको छ। उनी २०६८ साल असारमा ड्राइभर भिसामा त्यहाँ पुगेका थिए।

नेपालबाट एजेन्टले ड्राइभर भिसामा साउदी पठाए पनि त्यहाँ पुग्दा उनले लेबर भिसामा पठाइएको थाहा पाए । आफू ठगिएको थाहा पाएपछि उनले ड्राइभर भिसामा परिवर्तन गर्न अनुरोध गर्दा कम्पनीले २५ सय साउदी रियाल मागेपछि कम्पनी छोडेर भागेका थिए ।

‘कम्पनी छोडेर भागेपछि जुबेल भन्ने ठाउँमा १ वर्ष अवैध रूपमै काम गरे,’ उनले खबरहबसंग भने, ‘त्यहीबेला अवैध कामदारहरूलाई साउदी सरकारले आममाफी दिएको थियो, अनि म पनि यही बेला घर जानको लागि आउटपास लिएर बसेको थिए मालिकले काला (१ वर्षपछि पालो-पालो गरेर घर पटाउँछु) भनेको थियो ।

‘१०-१५ दिन बाँकी हुँदा मैले चलाएको गाडीको ड्राइभर साइडको अगाडीको टायर पड्किएर गाडी दुर्घटना पर्‍यो’ , उनले थपे , ‘मेरो गाडी अर्को साइडमा गएर उताबाट आएको ट्रेलामा (ठूलो) गाडीमा ठोकिएर आगलागी भएर दुवै गाडी जलेर नष्ट भयो र अर्को गाडीको चालक पनि जलेर मृत्यु भयो ।’

आफ्नो हत्केलामा लागेको चोट ६ महिनापछि ठिक हुँदै थियो । त्यो केस नमिल्दै मालिकले फेरि गाडी चलाउन भनेर दबाव दिएको उनले बताए ।

‘मालिकले तलब दिन्न भनेपछि बाध्य भएर गाडी चलाए भने, ‘पछि गाडी चलाउँदै गर्दा तैँले धेरै किचकिच गरिस् भनेर मालिकले एक दिन प्रहरी चौकी लिएर गयो, मालिकको छोरा र प्रहरीबिच ४०- ४५ मिनेट कुराकानी भयो त्यसपछि मलाई बयान लियो र भन्यो अब तेरो मालिकले जिम्मा लिँदैन तँ जेल जानपर्छ ।’

त्यसपछि हिरासतमा राखिएका उने मालिकलाई फोन सम्पर्क गर्दा तीन महिनामा निकाल्छु भन्ने आश्वासन पाएको थिएँ । ‘तर, हिरासतमा तीन महिना पुग्नै लाग्दा जेलमा लगेर हालिदियो’ उनले गुनासो पोखे ।

शुरूमा ५-६ पटक प्रहरी चौकी जाँदा जिम्मा लिएर निकालेको मालिक पछि जिम्मा लिन तयार भएन । उनले रियादस्थित नेपाली दूतावासलाई पनि जानकारी गराए । तर दूतावासले हामी केही गर्न सक्दैनौँ भन्ने जवाफ दियो ।

१ वर्ष पछि अदालतबाट गाडीको क्षतिपूर्ति बापत ७९ हजार साउदी रियाल अर्थात् नेपाली रुपैयाँ करिब २५ लाख तिर्नुपर्ने फैसला भयो।

जेल प्रशासनले कुनै साउदी नागरिकले काला गरेर जान सकिने बताएपछि जेलमै बसेका एक साउदीले भाइलाई भनेर काला गराइदिए।

४ वर्षपछि जेलबाट निस्किएका उनले क्षतिपूर्ति तिर्न सकेका छैनन् । जेलबाट छुटेको ८ महिना भइसक्यो । दूतावासले आश्वासन दिनेबाहेक केही नगरेको उनको भनाइ छ । दूतावासको वकिलले क्षतिपूर्ति तिरेर नेपाल जान सक्ने बताए पनि आफूसँग त्यो रकम नहुँदा उनी त्यही छन् ।

उनले ११ वर्षदेखि बिछोडिएको परिवार भेट्न तथा आफू सकुशल नेपाल फर्किने वातावरण मिलाई आर्थिक सहयोग गर्न श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग,नेपाली दूतावास लगायत स्वदेश तथा विदेशमा रहने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गर्न अपील गरेका छन् ।

आफूलाई सहयोग गर्न श्रीमती भगवती क्षेत्री (1707010016780) लाई सम्पर्क गर्न सकिने उनले बताएका छन् ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १२ : २५ बजे

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निम्सदाइको शव

काठमाडौं- पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ- उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या