महिलाहरूको कथा भन्न मैले अफगानिस्तानमा आफ्नै तस्करी गरेँ « Khabarhub
Live on

RADIO CANDID

Your Voice, Your Power

0%

महिलाहरूको कथा भन्न मैले अफगानिस्तानमा आफ्नै तस्करी गरेँ



बीस वर्ष अघिको यसै दिन तालिवानको अफगानिस्तानमा मेरो भिडियो क्यामरा लुकाउन बुर्काको प्रयोग गरेर मैले आफ्नै तस्करी गरेकी थिएँ ।

त्यहाँको सीमामा ठोक्किँदा त्यो डरलाग्दा पर्दाभित्र आफैँ घेरिएर केही कुरा ख्याल नगर्दै बस्दा मैले जे महसुस गरेँ, त्यो कहिले पनि बिर्सन सक्दिनँ । मैले अलिकति पाखुरासम्मको भाग देखिँदा र कपाल छाड्दा पिटिने महिलाहरूको व्यथा बुझेँ ।

एक सातासम्म अफगानिस्तानको क्रान्तिकारी महिला सङ्गठनकी एक नायकीय अफगानी महिलाको आश्रय पाएर काबुलको सुरक्षित घरमा बसेकी थिएँ । तिनीहरूले मलाई जे देखाए, त्यसले मलाई नम्र बनायो र सधैँको लागि परिवर्तन गरायो ।

एक मध्यम वर्गीय परिवारको घरमा एक शिक्षिका पाँच वर्षको बच्चालाई  लेखपढ गर्न सिकाइरहेकी थिइन् । मैले कोठामा रहेका बच्चासहित हरेक व्यक्तिलाई महसुस गरेसम्म ती पाठहरू अति सामान्य थिए । तर यो सँगै उनीहरूले कोर्रा खाने र देश निकाला हुनेसम्मका जोखिम पनि उठाइरहेका थिए ।

यो खतरनाक हो भनेर बच्चाका अभिभावकले सोच्दा म विचलित भएँ । आफ्ना छोरी पनि स्वतन्त्र र खुला हुन्छन् भन्ने असम्भव जस्तै लाग्ने अफगानिस्तानको भविष्यको सपनाका लागि तिनीहरूले हरेक खालको जोखिम उठाइरहेका थिए ।

म जहाँ गएँ, त्यहाँ एउटै कथा थियो ।

मैले भिन्नै गोप्य रूपमा ब्युटी सैलुन चलाइरहेका महिलालाई पनि भेटेँ, यद्यपि उनीहरू पक्राउ परेनन तर भयानक प्रतिबन्ध सहेका थिए ।

बीस वर्ष भइसके पनि म अझै पनि त्यो यात्रामा भेटेका महिलाको सम्पर्कमा छु ।

सिक्न र पढ्न आफ्नो जीवननै जोखिममा राख्ने बच्चाहरू अहिले शिक्षित महिला भइसके जसले आफू सम्बन्धित अफगानी समाजलाई हरेक दृष्टिकोणबाट समृद्ध बनाएका छन् ।

त्यहाँ महिलाहरू संसद् सदस्य, चिकित्सक, विश्वविद्यालयका शिक्षक र खेल व्यक्तित्व छन् । अफगानिस्तान बीस वर्षअघिको त्यही स्थान होइन तर वर्तमान समयमा तालिवानको आरोहणसँगै त्यहाँ बिरामी झैँ महसुस भएको मैले देखिरहेको छु ।

उनीहरूले बोकेको हतियारको माध्यमले यसलाई लागु गराउँदै अशिक्षित पुरुषले शिक्षित महिलामाथि शासन गरिरहेका छन् ।

मैले अमेरिकी सरकारका बारे विश्वास गर्न सकेकी छैन कि यो त्यही सरकार हो जो फेब्रुअरीमा घमन्डका साथ ‘अमेरिका इज ब्याक’ भनेर अहिले भइरहेका सबै कुरालाई अनुमति दिइरहेको थियो ।

किनभने म तालिवान शासन रहेको अफगानिस्तानमा रहँदाको समयको यो एउटा पाठ हो कि, जतिसुकै धनी र शान्त देशले गरिब र पिछडिएको बाट आफूलाई भिन्न राखेझैँ गरे पनि यथार्थमा हामी सबै सम्बन्धित छौँ ।

सेप्टेम्बरको ११ को घटनापछि म मुस्किलले अफगानिस्तानबाट फर्किएँ र ‘बेनिथ द भिल’ को सम्पादन सकेँ (बेलायतको च्यानल फोर र सीएनएनमा यो प्रदर्शित थियो ।)

शुरूमा त मलाई मलाई विश्वास गर्न नै कठिन भएको न्युयोर्कको विनाशको डरलाग्दो दृश्य मैले प्रत्यक्ष देखेको तालिवान शासनको अफगानिस्तानको भयानक उत्पीडनसँग प्रत्यक्ष सम्बन्धित थियो ।

यो त्यही तालिवान हो, जसले अलकायदालाई संरक्षण दियो र सेप्टेम्बर ११ को घटना सम्भव बनायो । अमेरिकाले तत्काल प्रतिक्रिया जनायो र सैन्य शक्ति पठायो ।

अफगानिस्तानलाई पर्याप्त ध्यान नदिएकै कारण अमेरिकाले यसको मूल्य चुकाइसकेको थियो ।

मेरा मित्र मुजाहिद कमान्डर अब्दुल हक जस्ताबाट उठेको मध्यमार्गी आवाजबाट पुस्थन नेतालाई मनाएर अल कायदालाई हस्तान्तरण गर्ने र तालिवानलाई शान्तिपूर्ण तवरले विघटन गर्ने प्रयासको शुरूवात भयो ।

उनको विश्वास थियो कि यी सबै नतिजा पाउन अफगानिस्तानमा बमवारी जरुरी छैन ।

कसैले पनि यसले काम गर्छ कि गर्दैन भन्ने बुझ्ने मौका नै पाएनन् ।

केही दिनपछि नै अन्य मध्यमार्गी जै अब्दुल हकको हत्या भयो र अफगानिस्तान फेरि युद्धमा डुब्यो ।

तालिवानलाई हटाइयो, नयाँ सरकार स्थापना गरियो । काबुल र अन्य शहरहरूमा फेरि खुसीका दृश्यहरू देखिन थाले । स्वतन्त्र निर्वाचनमा लागि अफ्गानीहरू लामबद्ध हुन थाले । महिलाको पूर्ण भूमिका रहने असम्भव झैँ लाग्ने अफगानी समाजको सपना यथार्थमा परिणत भयो ।

तर, त्यहाँ सधैँ समस्या थियो । अफगान सेना विदेशबाट समर्थित थिए ।

देशभित्र विशाल रकम सहयोगमा भित्रिरहेको थियो जसले नागरिक संरचना त बनायो तर व्यापक भ्रष्टाचारको कारण ती सबै भत्किए । ठूलो मात्राको अमेरिकी सम्झौता वितरण भए पनि क्रोनिक भएको त्यहाँको समस्या हल गर्नमा सहयोगी भएन ।

एक सातासम्म अफगानिस्तानको क्रान्तिकारी महिला सङ्गठनकी एक नायकीय अफगानी महिलाको आश्रय पाएर काबुलको सुरक्षित घरमा बसेकी थिएँ । तिनीहरूले मलाई जे देखाए, त्यसले मलाई नम्र बनायो र सधैँको लागि परिवर्तन गरायो ।

अफगानीहरूको एउटा पुस्ता नै युद्धबाट आघातमा परेको थियो । त्यहाँ अनाथ र विधवाहरू धेरै थिए । युवापुस्ता थिए, जो आफ्नो परिवारको छाक टार्न स्थानीय स्वतन्त्र सरदारसँग सम्झौता गर्दै त्यसमा आबद्ध हुन बाध्य थिए ।

पश्चिमाहरूले भौतिक संरचना पुनर्निर्माण गर्न तथा मन र मस्तिष्कमा कब्जा जमाउन पाएको मौका बरबाद भयो ।

विडम्बना ! यो रह्यो कि अफगानिस्तानमा इस्लामका धेरै उदार सोच अतिवादी परम्परागत दृष्टिकोणबाट पखालिए ।

मेरा बुबा लेखक इद्रियस साह हुनुहुन्थ्यो । उहाँको परिवार इस्लामको रहस्यमय दार्शनिक पक्ष रहेको अफगानी सर्फी समुदायबाट आएको हो ।

वर्षौंसम्म सर्फी कथाका संग्रहहरू वितरण गर्न इद्रिस साह फाउन्डेसनले चलाएको परियोजनामा म संलग्न भएकी थिएँ, जसले सामान्य सोचको मूल्य, विश्लेषणात्मक सोचको विकास, हाँसो र महिला अधिकारमा जोड दिन्छ ।

जबकि, अतिवादीकै चर्चा बढी भयो, यी विचारहरू धेरै अफगानीले लिन पाएनन् । यी तीनै जनता हुन् जो अझै अँध्यारोतिर लम्किँदै छन् ।

एक उत्कृष्ट सुफी कवि सिराजका सेख सादीले तेह्रौँ शताब्दीमा भनेका थिए, ‘संसारका मानिसहरू एउटै शरीरका अङ्ग हुन् । हामी समान सारको अनुभव गर्छौं । जब एउटा अङ्गमा दुख्छ, शरीरका अन्य अङ्गले पीडाको महसुस गर्छ ।’

पछिल्ला केही डरलाग्दा दिनहरूमा केले मेरो मन छोएको थियो भने पश्चिमका धेरै महिलाहरूले मसँग सम्पर्क गरेँ । उनीहरू त्यहाँका महिला या बालिकाहरूलाई केही सहयोग गर्न सकिन्छ कि भनेर जान्न चाहन्थे ।

किनभने हाम्रै समाज पनि बीस वर्षअघि आजको जस्तो थिएन । संसार ‘मि टु’ अभियानमा गइसकेको समयमा मैले कुरा गरेका कुनै पनि महिलाहरू तालिवानको जित चाहँदैन थिए ।

इद्रिस साह फाउन्डेसनमा हामी, हाम्रा अभिभावक र हुप बुक्सले अफगानिस्तानमा रहेका तथा घर छोड्न बाध्य भएका अन्यत्रका लाखौँ आप्रवासी महिला र बालिकाहरूलाई शिक्षित बनाउन प्रयास गर्न कामलाई निरन्तरता दिन नयाँ बाटो खोजिरहेका थियौँ ।

मलाई यो समय हामी महिलाहरूको हो भन्ने लागेको छ, कमसेकम हामी सबै सम्बन्धित छौँ भन्ने महसुस गर्न । अफगानिस्तानका महिला तथा बालिकाहरूको अधिकारको रक्षाका लागि हामी केही गर्न सक्छौँ ।

म बालिकालाई शिक्षा र महिला अधिकारका लागि निवेदन गर्न चाहन्छु, मुख्य गरेर काम गर्ने, शिक्षा र स्वास्थ्यको अधिकार र लाखौँ अफगानीका लागि, जो अहिले पनि शरणार्थीको रूपमा देश छाड्न बाध्य छन् ।

(सैरा साह पत्रकार तथा फिल्म निर्माता हुन् । उनले विनिथ द भेल र द स्टोरी टेलर्स डटर सहित अनेकौँ चलचित्र निर्माण गरेकी छिन् । उनी इद्रिस साह फाउन्डेसनमा काम गर्छिन् । सिएनएनमा १८ अगस्टमा प्रकाशित यो लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।)

 


0