रासायनिक मल नपाउँदा किसान चिन्तित | Khabarhub Khabarhub

रासायनिक मल नपाउँदा किसान चिन्तित


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– धानखेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् । महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात फर्किनुपर्छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले भने किसानको मागअनुसारको मलखाद उपलब्ध गराउन नसकेको बताएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले किसान मलखादका लागि आउने गरेका भए पनि रित्तै फर्काउनु परेको जानकारी दिए ।

“मात्रै मलखाद चाहियो भनेर किसानले कार्यालय नै घेराउ गर्नसमेत पछि पर्दैनन्”, कार्यालय प्रमुख शाहले भने, “माथिबाटै थोरै मलखाद आउँछ, सबैतिर दिँदासमेत पुग्दैन ।” उनले यहाँका नौ वटै पालिकामा मल आपूर्ति समिति रहेको उल्लेख गर्दै स्थानीय समितिले सहकारीमार्फत वितरण गर्ने जानकारी दिए ।

शाहका अनुसार हाल ८३ मेट्रिक टन युरिया मौज्दात रहे पनि अपुग छ । यहाँ मलखाद भारतबाट अवैध रुपमा आयात गरेर महँगोमा बिक्री गर्ने गरेको किसानको दुखेसो छ । यहाँको बेदकोट नगरपालिका–९ सुन्दरपुरका सञ्जय रानाले मलखादका लागि पटकपटक कृषि सामग्रीमा धाउदा पनि नपाएको पीडा सुनाए ।

“भारतबाट ल्याउ प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्छ”, रानाले भने, “यहाँ सरकारीले पनि मनमर्जी दररेटमा मलखाद बिक्री गर्दैछन् ।” कृषि सामग्रीले मलखाद अनुदानमा बिक्रीवितरण गरिरहेको भए पनि यहाँ लामो समयदेखि मलखादको अभाव हुँदै आएको छ ।

यस वर्ष धानखेतीको समयमा कृषिबाट एक हजार ३५ मेट्रिक टन युरिया, एक हजार १८६ मेट्रिक टन डिएपी र ४३.६ मेट्रिक टन पोटास बिक्री भएको कार्यालय प्रमुख शाहले बताए । बेदकोटस्थित इन्द्रेणी कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज भट्टले पहिलो चरणमा सहकारीमा ४३ बोरा युरिया आए पनि सकिएको बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  २ : ५१ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्