बाबुराम भट्टराईको टिप्पणी : निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् ! | Khabarhub Khabarhub

बाबुराम भट्टराईको टिप्पणी : निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् !


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानका निर्माता नै संविधान विपरित गए पनि सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु सही भएको टिप्पणी गरेका छन् ।

मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले मंगलबार संविधान विपरीत भएको ठहर गर्दै २० मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको थियो ।

भट्टराईले ट्वीट गर्दै संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य भएको उल्लेख गरेका छन् । उनले अदालतको आदेशले क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा अब खुल्नु पर्ने टिप्पणी गरेका छन् ।

‘संविधानका निर्मातामध्ये नै संविधानको शब्द/भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने/बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्‍ने नै भयो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् !’

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ७ : १० बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त