‘को होला त्यो’मा पल र प्रकृति | Khabarhub Khabarhub

‘को होला त्यो’मा पल र प्रकृति


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लोकपप गायक सुनील गिरीको ‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सनको भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका अस्मिता अधिकारीको स्वर छ ।

गीतमा गायक गिरीको शब्द र संगीत रहेको छ भने गोपाल रसाइलीको एरेञ्ज रहेको छ । निषेधाज्ञाअघि कालिञ्चोक, चरिकोट मुडे लगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा अभिनेता तथा मोडल पल शाह र नायिका तथा मोडल प्रकृति श्रेष्ठको अभिनय छ ।

गायक गिरीले ८ वर्षअघि पल र प्रकृतिलाई नै लिएर ‘को होला त्यो’ बोलको गीत बजारमा ल्याएका थिए । जुन गीतले नेपाली सांगीतिक क्षेत्रमा ठूलो चर्चा कमाएको थियो ।

भिडियोमा अनिलकृष्ण मानन्धरको छायांकन र निर्देशन तथा मनोज कार्कीको सम्पादन र कलर छ । गायक गिरीकै अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याइएको भिडियोलाई कृपा सनफ्लावर तेलले प्रायोजन गरेको हो ।

सार्वजनिक गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई २५ हजार नगद उपलब्ध गराइने गायक गिरीले जानकारी दिए । टिकटकमा आएको सर्वाधिक भ्यूज, लाइक कमेन्टका आधारमा पुरस्कृत गरिने निर्माण यूनिटले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ७ : २० बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत