प्रभासको ‘राधे–श्याम’ सुटिङ सेटमै १ सय ६ करोड खर्च | Khabarhub Khabarhub

प्रभासको ‘राधे–श्याम’ सुटिङ सेटमै १ सय ६ करोड खर्च


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता प्रभास फिल्म ‘राधे–श्याम’का कारण यतिबेला चर्चामा छन् । फिल्ममा उनको अपोजिटमा पूजा हेगडे छिन् ।

फिल्मको सुटिङ पुरा भइसकेको छ । निर्माताले फिल्मका प्रमुख कलाकारको फस्टलुक पनि सार्वजनिक गरिसकेका छन् । यो फिल्ममा निकै लामो समयपछि प्रभास ‘लभर ब्वाइ’को रुपमा देखिँदैछन् । जसकारण पनि उनका फ्यान निकै उत्साहित छन् ।

फिल्मको बजेटको कुरा गर्ने हो भने यो फिल्म प्रभासको करियरको सबैभन्दा महंगो फिल्ममध्येमा पर्दछ । प्रेम कथाको फिल्म भएकाले निर्माताले फिल्मको सेटका लागि नै सय करोड बढी खर्च गरेका छन् ।

फिल्ममा २६ वटा सेट बनाइनेछ । जसका लागि बजेट नै १ सय ६ करोड छुट्याइएको छ । फिल्म यूवी क्रिएसन र गोपीचन्द पिक्चरले टी–सिरिजसँग मिलेर निर्माण गर्दैछ ।

फिल्मको रिलिज अधिकार मेकर्स पेन–इण्डियाले लिएको छ । जसकारण पनि खर्च कति हुन्छ भन्ने हिसाब गरिएको छैन ।

निर्माताहरु प्रभासको लोकप्रियताको अगाडि सयदेखि १ सय ५० करोड बजेट कम हुने दाबी गर्छन् । ‘बाहुबली’ सिरिज पछि प्रभास भारतका सबैभन्दा ठूला स्टार बनेका छन् । जसकारण पनि निर्माताहरु उनीमाथि लगानी गर्न हिचकिचाउदैनन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ३ : ०० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम