अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो, थप सामग्री पनि आउँदै | Khabarhub Khabarhub

अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो, थप सामग्री पनि आउँदै


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड १९ महामारीविरुद्ध अमेरिकाले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामग्रीको पहिलो खेप काठमाडौँ आइपुगेको छ ।

शनिबार अमेरिकी कार्गो विमानले ती स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (युएसएआइडी) र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

शनिबार ल्याइएका सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स संलग्न छन् । यसअघि १०० थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण अमेरिकाले दिएको थियो ।

युएसएडले आइतबार एक हजार थान अक्सिजन सिलिन्डर प्रदान गर्ने तयारी गरेको छ । दुईदिनभित्र अमेरिकी कार्गो विमानले थप दुई खेप सामान ल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच ‘युएसएआइडी’ ले आइतबार नेपाललाई थप सहयोग स्वरुप एक हजार थान अक्सिजन सिलिन्डर प्रदान गर्ने भएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ६ : २९ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित