लाप्राक एकीकृत बस्ती स्थानीयलाई हस्तान्तरण | Khabarhub Khabarhub

लाप्राक एकीकृत बस्ती स्थानीयलाई हस्तान्तरण


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- भूकम्पपछिको पुनर्निर्माणका क्रममा तयार भएको गोरखाको लाप्राक वस्ती जग्गाधनी पुर्जासहित स्थानीयलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गोरखाका धार्चे गाउँपालिकास्थित लाप्राक एकीकृत बस्तीमा आयोजित एक कार्यक्रममा संयुक्त रुपमा घर हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावालीले एकीकृत वस्तीका लाभग्राहीहरुलाई जग्गाधनी पुर्जा (लाजपुर्जा) हस्तान्तरण गरे । घर तथा पुर्जा हस्तान्तरणपछि आफ्नो मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पप्रभावित लाप्राकवासीलाई घर निर्माणमा सहयोग पुर्‍याएकोमा गैरआवासीय नेपाली संघ र संसारभरि छरिएर रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धन्यवाद समेत दिए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नमूना बस्तीमा होमस्टेलगायत दिगो जीविकोपार्जनका कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिदैं बर्षात्को पानी निकास र ढल व्यवस्थापनलगायत पूर्वाधार निर्माण गर्न बजेटको व्यवस्था भइरहेको जानकारी समेत गराए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले भूकम्प प्रभावित दाजुभाइलाई सहयोग गर्न पाउँदा संघआबद्ध सम्पूर्ण नेपालीलाई खुशी मिलेको बताउँदै लाप्राक एकीकृत बस्तीका जनताको जीवनस्तर माथि उठाउन संघले भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हस्तान्तरण कार्यक्रममा संघीय सांसद हरिराज अधिकारी, धार्चे गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङ, प्राधिकरणका कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्मा, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) गोरखाका आयोजना प्रमुख रामशरण आचार्य, गैरआवासीय संघका उपाध्यक्ष सोनाम लामालगायतको उपस्थिति थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा गोरखाको धार्चे गाउँपालिकाको गुप्सीपाखामा ५७३ घरसहितको एकीकृत बस्ती तयार भएको हो । प्राधिकरणले जग्गा उपलब्ध गराउने तथा पूर्वाधार निर्माणमा सहयोग गरेको हो भने गैरआवासीय नेपाली संघले घर निर्माणमा सहयोग गरेको हो ।

 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ७ : ३९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम