स्वर्गद्वारी नगरपालिकामा विद्यालय बन्द | Khabarhub Khabarhub

स्वर्गद्वारी नगरपालिकामा विद्यालय बन्द


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्यूठान– कोरोना संक्रमण बढेपछि प्युठानको स्वर्गद्वारी नगरपालिकाले विद्यालय बन्द गरेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर बढिरहेको अवस्थामा नयाँ संक्रमणको रोकथाम र नियन्त्रण गर्न नगरपालिकाले विद्यालय बन्द गरेको हो ।

नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै पालिका भित्रका अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानबाहेक मानिस भेला हुने स्थान एक साता बन्द गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य संस्थाहरुको निःसंक्रमण गर्न अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु वैशाख ९ र १० गते दुई दिन बन्द गर्ने निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तरकारी, फलफूल, दूधजन्य पसल र अत्यावश्यक सेवा प्रवाहका क्षेत्रहरु तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सन्चालन हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको वडा नं. ४ जिमुरपाटामा स्थापना भएको कोभिड अस्थायी अस्पताललाई पूर्वाधार तयार गरी सन्चालनका गर्ने र जनशक्तिको रुपमा प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डाक्टर शैलेश पौडेलेको नेतृत्वमा ५ जनाको टिम बनाई परिचालन गर्ने समते विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नगरपालिकाले जारी गरेको विज्ञप्ति हेर्नुहोस्

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ११ : २४ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा