भारतमा १ करोड १० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण « Khabarhub
Logo
१८ फाल्गुन २०७७, मंगलबार

भारतमा १ करोड १० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण



काठमाडौँ-  भारतमा १ करोड १० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १३ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १० लाख ५ हजार  ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार ४१८ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६ लाख ९७ हजार १४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ५१ हजार ६३९ छ ।


भर्खर

0